हुम्ला । जील्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षा सहित आएको बाढीले भयानक क्षति पु¥याएको छ । बिहिबार बिहान छोटो समयमा परेको बर्षाका कारण बाढी आउँदा करोडौको क्षती भएको छ । बाढीका कारण गाउँपालिकाको वडा नम्बर ३ छहराखेत स्थितको गोठमा राखिएका आइते बुढाका २९ बाख्रा गोठमाथिबाट बाढी बस्दा पुरेको छ । गोठमा राखिएका ७० मध्य अन्य जीबितै रहेको भएपनि २९ बाख्रा पुरिएर मेराका हुन ।
सोही मध्य केही पुरिएका बाख्रा भेटिएपनि अझै केही नभेटिएको बुढाले बताउनु भएको छ । यस्तै श्रीनगर बजारमा पसेको बाढीकै कारण अदानचुली २ का अमृत बुढाको पसलमा ढुलो क्षती पुगाएको छ । बाढी बस्दा पसलमा राखिएको समान मध्य ३० प्रतिशत सामान स्थानिय नागरीकको सक्रियता बाढीबाट बचाइएको भएपनि अन्य सबै सामान बाढीले बगाएको छ ।
एक्कासी पसलमा पसेको बाढीका कारण पसलमा राखिएको चिनि, चामल, जुत्ता, चप्पल, साबुन, कपडा, तेल, चाउ चाउ, बिस्कुट लगायका अन्य दैनिक उपभोग्यका सामाग्री बाढीले बगाउदा लाखौको क्षती पुगेको छ । बाढीकै कारण श्रीनगर बजारमा भएका अन्य सबै पसल तथा होटेलहरु जलमग्न भएका छन भने पुर्ण रोकायाको होटल पुर्ण रुपमा क्षती भएको छ । अन्यमा भने केही रुपमा भुईमा राखिएको सामानमा क्षती पुगेको छ । क्षती गरेको बिवरण आइ नसेकाको भएपनि क्षती भएका ब्यक्ती एकिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पसल र घरहरुमा बाढी पसेकाकै कारण नागरीक अन्यत्र सर्ने गरी सोही ठाउँमा राखिएको सामाग्रीलाई समेत स्थानान्तरण गरिएको छ ।
बजारमा रहेको केही घरका भित्ता गएका छन भने केही घर भत्कििएका छन । बाढीकै कारण बजारमै रहेको सुर्याेदय माध्यामिक बिद्यालयमा समेत ढुलो क्षती भएको छ । बिद्यालयको माथिल्लो मैदानमा रहेको एक तले भवन पुर्ण रुपमा भत्किएको छ भने सोही भवनमा रहेका फर्निचरका सामान समेत भाच्चिएका छन । गाउँपालिकाको कार्यालय रहेको श्रीनगर स्वास्थ्य चौकीको भवन माथिबाट बाढी पस्दा गाउँपालिकाको कार्यालय समेत कोठा भित्र जलमग्न भएको छ ।
लेदो सहितको बाढी पसेका कारण पालिकामा रहेका केही महत्वपुर्ण कागजात समेत बिजेर नष्ट भएका छन भने कार्यालयमा पसेको बाढीका कारण कामकाज समेत ठप्प बनाएको छ । यता खाद्य व्यवस्था तथा ब्यापार कंमनि लिमिटेडको श्रीनगर डिपो केन्द्रको कार्यालयमा पनि क्षति पुगेको छ ।
तल्लो तलमा राखिएका खाद्यन्नका चामल पानिले भिजेर काम नलाग्ने भएको डिपो केन्द्र प्रमुख प्रेम बुढाले बताउनु भएको छ । असिना पानि सहितको बर्षालीले बित्रिन लागेको बाली नागली समेत सखाप बनाएको छ भने अदानचुली २ को थपालीका खेत समेत बगाएको छ ।
सोही बस्ती भने निकै जोखिममा रहेको छ । बिभिन्न ठाउँबाट बाढी जाँदा श्रीनगर आउ जाउ गर्ने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । बजारमा रहेका २० भन्दा बढी होटेल तथा पसलहरुमा क्षती पुगेका कारण क्षतीको बिवरण भने भोली संकलन गरिने भएको प्रहरीले जनाएको छ । यता वडा नम्बर १ को कल्खे क्षेत्रतिर अधिकांसको बाली बगाएको छ । खोला क्षेत्रका घरहरु, दलबहादुर थापाको पशल,नरीलाल लुवार, चक्र फडेरा, जान थापा लगायत धेरैको खेतीयोग्य जग्गा सहित आसपासका सम्पुर्ण जग्गाहरु बगाएको त्यहाँका स्थानीय नागरीकहरुले जानकारी दिनु भएको छ र सहित आसपासका पशलहरुमा समेतमा क्षेति पुगाएको छ ।
एकाबिहानै आएको बाढीले क्षेती पुगाएपछि गाउँपालिकाको पनि ध्यानकर्षण भएको छ गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सहित निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले पनि क्षेती भएको ठाउँहरुमा अनुगमन गर्नु भएको छ । अनुगमन गर्ने क्रममा उपाध्यक्ष कर्ण रोकायाले क्षेतीको विवरण संकलन गरी रहेकाले के कती क्षेती भएकोमा जानकारी नभएको र विवरण आए लगत्तै सम्बन्धीत निकायमा जानकारी गराउने बताउँदै भन्नु भयो । यस्तै आजै अदानचुली गाउँपालिकाले बिज्ञप्ती निकालेको छ । गाउँपालिकाको वडामा भएको क्षतीको बिवरण संकलन गरी राहत र उद्धारको पहलमा लागेको जनाएको छ ।
बिज्ञप्ती