हुम्ला । बिहिबार बिहानको बर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिका स्थित श्रीनगर बजार बजार क्षेत्रमा र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई स्थित बैन्यामा अत्याधिक क्षती पुगाएको छ ।
बिहान १० मिनेट परेको मुसल धारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको छ । बार्षसँगै बाढी सहितको लेदेको कारण अदानचुली २ का अमृत बुढा, अदानचुली १ का बुद्धि महतारा लगायतका अन्य ब्याबसायीका पसल सहित सामाग्रीमा क्षती पुगाएको छ । बजार क्षेत्रमा रहेका घर तथा टहराहरुमा पानी पसेको छ ।
उता मुगुको बैन्यामा आएको बाढी सहितको लेदोका कारण कर्णाली नदिलाई अबरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेती योग्य सहित बाँझो जमिन चिरा चिरा बनाएको छ भने अदानचुली २ को गल्फाडको डोप्का जिउलालाई कर्णालीले अस पार्ने देखिएको छ । सोरुबाट भिई आउने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ भने यता श्रीनगर आउ जाउ गर्ने सडक समेत बन्द भएको छ ।
निरन्त आइरहेको लेदोका कारण कर्णालीलाई धक्का दिदा डोप्का जीउलोमा कर्णाली पने सम्भावना रहेको छ । अन्य ठाउँमा समेत बर्षाका कारण खेतबारीमा लगाइएको बालीमा समेत असर परेको छ । अत्याधिक मात्रामा बर्षा भई लेदो खेतबारीमा पसेपछि पाक्नै लागेको बाली छोपिएको छ । अझै क्षतीको एकिन बिवरण आउन बाँकी रहेको छ ।