देवता रिसाउने नाममा छाउको सास्ती


हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्र ३ उनापानि गाउँकी सिरा बिक महिनावारी हुँदा ७ दिनसम्म छाउ बार्दै आइरहेकी छिन । उनको घरमा छाउगोठ त छैन, तर महिनावारी हुँदा छाउँ बार्ने र घर भित्रै एउटा कोठामा सुत्छीन् उनी । यसरी अलगै बस्नाका कारण हो देवि देवता रिसाउला र कुनै अनिष्ठ होला भन्ने डर । उनी मात्र होइन, मुगु जिल्लाका अधिकांश महिला महिनावारी भएका बेला देवि देउता रिसाउलान भन्ने डरले छाउ बार्न बाध्य छन ।

महिनावारी हुँदा छुइ छाइ भए अनिष्ट हुने अन्धविश्वास ग्रामीण क्षेत्रमा कायमै छ । गाउँका सबै महिला किशोरीले नियमित रूपमा छाउ बार्ने गरेको उनी बताउँछिन । उनका अनुसार महिनावारी हुदाँ आफुहरु त ७ दिन मात्रै बाहिर बस्छौ । तर पोहिल ९बिहे गरेर० गएकी छोरी माईत आएर महिनावारी भएमा हप्ता दिन भन्दा बढी समयसम्म घर बाहिर बस्नु पर्छ । ‘घरमा देवताको थान छ, छाउ नबारी सुखै छैन,’ झुप्पा बिकले भनिन् । हुम्ला जिल्लाका महिला अझैपनीे कुल देउता, रिसाउने डरले महिनावारी बार्दै आएका छन ।

धामी–झाँक्री र देउताका मठमन्दिर भएका घरकालाई महिनावारी हुँदा थप समस्या हुन्छ । पहिल्यैदेखि महिनावारी नबारे कुल देउताले अनिष्ट गर्छन् भन्ने अन्धविश्वास छ ।

छाउगोठ मुक्त गाउँमा नै छाउपडी मुगु जिल्ल्का अधिकांस गाउँ बस्ती बोलीमा छाउगोठ मुक्त भईसकेका छन । तर, छाउगोठ मुक्त भएका गाउँ बस्तीमा छाउ बार्ने चलन कायमनै छ । छाउप्रथा न्यूनीकरण गर्न जिल्लामा विभिन्न संघ–संस्थाले अभियान चलाए पनि प्रभावकारी बनेको छैन । छाउप्रथा न्यूनीकरण र रुपान्तरणका लागि धेरै प्रयास भए । तर, महिलामा जबसम्म मानसिक परिवर्तन हुदैन तबसम्म यो सम्भव देखिएको छैन ।

पुस्तौंदेखिको चलन भएकाले छाउगोठ मुक्त गोठ भएका गाउँपनी महिलाले छाउ बार्ने गरेका अधिकार कर्मिहरु बताउछन । ‘महिनावारी भएमा कुनै बेला अँध्यारो कोठामा गुम्सिएर बस्नुपर्ने बाध्यता थियो । तर अब त्यस्तो छैन,’ अधिकार कर्मि चेतना शाहीले भनिन्, ‘अहिले पहिलाको जस्तो सकस छैन, ‘महिनावारी हुँदा महिला, किशाीरहरुले सफा कोठा र खाटमा सुत्न पाएका छनं ।’ उनका अनुसार अधिकांश महिलाले छाउगोठ भत्काएर घरमै छाउ हुँदा बस्ने कोठा बनाएका छन । यसले उनीहरुमा सुरक्षाको अनुभुति गराएको छ ।

महिलाहरु छाउ हुनु भनेका फुलफुलका बोटमा फल लाग्नु सरह हो भन्ने सोचाइको जबसम्म विकास हुँदैन तबसम्म यो कु–प्रथा रहिरहने छ । त्यस्का लागि स्वयम महिलाहरुले जागरुक भएर बिरोध गर्ने र चेतना जगाउनुपर्ने देखिन्छ ।

जिल्ल्का अधिकांस गाउँ बस्ती बोलीमा छाउगोठ मुक्त भईसकेका छन । तर, छाउगोठ मुक्त भएका गाउँ बस्तीमा छाउ बार्ने चलन कायमनै छ । छाउप्रथा न्यूनीकरण गर्न जिल्लामा विभिन्न संघ–संस्थाले अभियान चलाए पनि प्रभावकारी बनेको छैन । छाउप्रथा न्यूनीकरण र रुपान्तरणका लागि धेरै प्रयास भए । तर, महिलामा जबसम्म मानसिक परिवर्तन हुदैन तबसम्म यो सम्भव देखिएको छैन

महिनावारी भएमा एकसरो कपडाका भरमा चिसो ठाउँमा बस्दा महिलाहरू बिरामी पर्ने गरेका छ । यस्तै महिनावारी भएका बेला दुहुनो गाईभैंसी र फलफूलका बिरुवा पनि छुन हुँदैन भन्ने गरिन्छ । महिनावारी भएकाबेला गाईभैंसीलाई छाएमा दूध दिँदैन र फलफूलका बोट छाएमा सुकेर जान्छ भन्ने अन्धविश्वासले धेरेको छ यहाँ ।

महिनावारी भएकाबेला पानीको धारो छोएमा चोख्याउनका लागि पखाल्नु पर्छ भन्ने मान्यता राख्छन् यहाँका अधिकांश मानिसहरु । स्वास्थ्यकर्मीहरु भने छाउभएका बेला कष्ठ पूर्वक बस्ने र खान पानमा ध्यान नदिनेहरु शारिरिक रुपमा कमजोर हुँदा कलिलै उमेरमा मुख चाउरिने, बच्चा पाउन मुस्किल हुने, रक्तअल्पता हुनेजस्ता समस्याबाट पीडित हुने गरेको बताउछन् ।

प्रकाशित मितिः     १७ बैशाख २०८२, बुधबार १९:४६  |