अत्याधिक हावा हुरीले कैलाशपुरी माध्यामिक विद्यालयको छाना उडायो ।


बुधबार दिउसो लागेको अत्याधिक हावा हुरीले कैलाशपुरी माध्यामिक विद्यालयको छाना उडाएको छ ।

दिउसो साढे २ बजेको समयमा लागेको हावाले दुई कोठे भवनको छाना उडाएर करिब १० मिटर तल फालेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर टमटाले जानकारी दिनु भएको छ ।

छाना उठाएपछि छाएका सबै जस्तापाताहरु सहित काठ समेत उठाएकाले ठुलै क्षेती गरेको बताउनु भयो । विद्यालय बिदा भएका कारण मानविय क्षेती हुँन बाट बचेको र विद्यालयका ३० वटा जस्तापाता सहित काठहरु भाँचिएको बताउनु भएको छ ।

उहाँका अनुसार जस्तापाता र काठ काम नलाग्ने गरी भाँचेको बताउनु भएको छ । जस्तापाता उठाएपछि विद्यालय सञ्चालनमा आए विद्यार्थीहरुलाई पढाउन समत समस्या हुँने भएको बताउनु भएको छ ।

प्रकाशित मितिः     १७ बैशाख २०८२, बुधबार १८:३८  |