हुम्ला जिल्ला खार्पुनाथकी गाउँपालिका वडा नम्बर १ तल्लो लालिकी हिरामाया शाहीको मृत्यु भएको ५ दिन पछि पोष्टमाटम गरी आज सुर्खतमा अन्यस्टी गरीएको छ ।
गत वर्ष एस इ इ दिएर उच्च शिक्षा अध्ययनको लागि सुर्खेत झरेकी हिरमाया शाहीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालीका वडा नम्बर १३ को कहरे खोलाका स्थानीय कमल ढकालसँग विवाह गरेर बसेकी थिईन । यतिबेला कक्षा १२ को परिक्षाको तयारी गरी रहेकी शाही बैशाख १८ गते साँझ पौने ६ बजेको समयमा पोईली घरमा एक्लै झुण्डिएर आत्महत्या गरीरहेको अवस्थामा फेला पारेको माइती पक्षका सोही गाउँपालिकाका लालप्रशाद जैसीले बताउनु भयो ।
उहाँका अनुसार मृत्यु भएको ५ दिन सम्म पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उजुरी नगरी रोकेको र आज उजुरी दर्ता गरे पश्चात पोष्टमाटम गरी अन्त्यस्टी गरीएको बताउनु भयो । लास १८ गते देखी आज सम्म प्रदेश अस्पताल कालागाउँमा राखिएको थियो आफुहरुले यो संकास्पद घटना भएकाले उजुरी दर्ता नहुँन्जेल सम्म पोष्टमाटम नगर्ने भनेपछि आज उजुरी दर्ता भएपछि मात्र पोष्टमाटम गरी आजै अन्त्यटी गरीएको हो ।