सिमकोट गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्‍याे ।


हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले बुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको सरदुकाममा रहेको सिमकोट गाउँपालिकाले तेस्रो पटक सार्वजनिक सुनुवाइ गरी आफ्नो आ.ब.२०८१/२०८२ अर्धबार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

यस आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेका पाँच वटा विषयगत समितिअन्तर्गतका सबै गतिविधि प्रमुख प्रशासकीय अधिकृत वर्ष बहादुर फडेराले प्रस्तुत गर्नुभएको थियो । ६७ वटा योजना गाउँपालिकाले सञ्चालन गरेको छ । भने अधिकांस काम पुरा भएको छ भने अधिकांस कामको हुन बाँकी रहेको बताइएको छ ।

गाउँपालिकाले वर्षको दुई पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने प्रावधान रहेको छ । पुस महिनामा अर्धवार्षिक सार्वजनिक सुनुवाई गर्नु पर्ने भएपनि विभिन्न कारणवसले नसकिएको जानकारी प्राप्त भएको छ । गाउँपालिकामा कुल विनियोजित रु पचास करोड ६८ लाख ४८ हजार सात सय ७७ रुपैयाँ ६४ बजेटमा हालसम्म २६ करोड ४२ लाख २४ हजार ८ सय चार रुपैयाँ ६ पैसा खर्च भएको छ । अर्थात ४७ दशमलब ८६ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत फडेराले बताउनुभयो ।

यस्तै सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/२०८१ सम्मको बेरुजु रु नौ करोड तीन लाख ७४ हजार ६ सय ३१ रुपैयाँ रहेको छ । गाउँपालिकाको बेरुजु अझै घट्न नसकेको हो ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आतिथ्यमा अर्धवार्षिक सार्वजनि सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, प्रमुख प्रशासकीय अधिकृत वर्ष बहादुर फडेरा, नेपाली कांग्रेस जिल्ला पार्टी कोषाध्यक्ष कुसुम शाही, नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, नेकपा माओवादी जिल्ला पार्टी सचिव धर्मराज बोहरा विज्ञान, रास्वपा जिल्ला पार्टी उपसभापति लक्ष्मण ऐडीलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः     २५ बैशाख २०८२, बिहीबार १३:०२  |