जेष्ठ नागरिकलाई बलाङ्केट वितरण


सर्केगाड गाउँपालिका वडा नम्बर ६ मा जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको छ ।

उमेरको आधारमा ६० वर्ष भन्दा माथिका १ सय ७० जना जेष्ठ नागरिकलाई एक एक बलाङ्केट वितरण गरिएको वडा अध्यक्ष पदम बहादुर शाहीले खबर पठाउनु भएको छ । गाउँपालिका द्धारा आफ्नो वडामा विनियोजित ५ लाख बजेटबाट वडामा भएका सबै जेष्ठ नागरीकहरुलाई आज गाउँ गाउँमा गएर वितरण गरिएको बताउनु भएको छ ।

वडा क्षेत्र भित्र रहेका छ्याँगी र बराईमा रहेका नागरिताको आधारमा १ सय ७० जना जेष्ठ नागरिकहरुलाई आज एक एक वटा बलाङ्केट वितरण गरिएको बताउनु भएको छ ।

जेष्ठ नागरीकहरुले एक एक वटा ओड्ने बलाङ्केट पाएपछि खुसी भएको बताएका छन् । उनिहरुका अनुसार स्थानीय सरकारले यस्तै प्रत्यक्ष देखीने काम गर्न सुझाब पनि दिएको बताइएको छ ।

प्रकाशित मितिः     २६ बैशाख २०८२, शुक्रबार १७:३१  |