जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पुर्ण खोप सुनिश्चित घोषणा गरेको छ । पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित भई सकेको र त्यसको गाउँपालिका स्तरबाट अनुगमनका क्रममा समेत निर्धारित उमेर समुहका बालबालिकाहरु कोही पनि खोप नलगाएको नभेटिएपछि आज आइतबार गाउँपालिकालाई घोषणा गरेको हो ।
गाउँँपालिकाका पाँच वटै वडाहरु पुर्ण खोप सुनिश्चित घोषित भैसके पश्चात आज एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको स्वास्थ्य संयोजक धनराज ढकालले बताउनु भयो ।
सबै वडाहरु वडाहरु घोषित भई सकेपछि गरिएको अनुगमन अनुसार गाउँपालिका भरी शाखाले उपलब्ध गराएको बिबरण अनुसार घरधुरी सर्वेक्षणको क्रममा पुर्ण खोप पाएका १६ देखी २३ महिनाका २५१ जना, २४ देखी ५९ महिना सम्मका २५३ गरी पाँच वटै वडामा ५०४ जना रहेका छन ।
जसमा वडा नम्बर १ मा १६ देखी २३ महिनाका ३३ जना र २४ देखी ५९ महिना सम्मका ३५ जना बालबालीका रहेका छन् यस्तै वडा नम्बर २ मा १६ देखी २३ महिनाका ६९ जना, र २४ देखी ५९ महिना सम्मका ७० जना, वडा नम्बर ३ मा १६ देखी २३ महिनाका ५५ जना र २४ देखी ५९ महिना सम्मका ७२ जना, वडा नम्बर ४ मा १६ देखी २३ महिनाका ५२ जना र २४ देखी ५९ महिना सम्मका ४८ जना, वडा नम्बर ५ मा १६ देखी २३ महिनाका ४१ जना र २४ देखी ५९ महिना सम्मका ५२ जना गरी जम्मा ५०४ जना बालबालीका रहेकोमा सबैले खोप पाएको सुनिश्चत भएपश्चात आज घोषणा गरीएको संयोजक ढकालले बताउनु भयो ।
जिल्लाको तल्लो क्षेत्र बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष लालकेश जैसीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका संयोजक शिबराज शर्माको प्रमुख आतिथ्यमा घोषणा गरीएको छ । सोही कार्यक्रमको अवसरमा यस अभियानलाई सहयोग गर्ने सबै स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यक्रमीहरु र महिला स्वास्थ्य स्वयम् सेबीकालार्ई पनि सम्मान गरीएको छ । पुण खोपसुनिस्चीतता घोषणा गर्ने जिल्लाको तेस्रो गाउँपालिका रहेको छ ।
