अबको करिब ६ महिना पछि अदानचुली गाउँपालिकामा पनि विस्व खाद्य कार्यक्रमको जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम लागु हुँने भएको छ । आज अदानचुली गाउँपालिका वडा नम्बर ५ मा भएको एक कार्यक्रममा विस्व खाद्य कार्यक्रमका कार्यक्रम संयोजक कृष्ण योगीले अबको ६ महिना भित्र कार्यक्रम लागु गर्नको लागि यसले सिमान्तकृत वर्ग आदीबासी जनजाती अन्त्रगतका ब्यासी र पुन मगर समुदायमा पर्न सक्ने असरहरुको बारेमा सर्बेगर्न र भुगोलको अध्ययन गर्न आएको बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया सहित वडा अध्यक्षहरुको उपस्थितीमा अबको ५ वर्ष सम्म यो कार्यक्रम लागु गर्ने सम्झौता भैसकेको बताउनु भयो । कार्यक्रम गाउँपालिका भरि नै लागु हुँने भएपनि कार्यान्वयन गर्नु पुर्व सिमान्तकृत समुदायमा पर्न सक्ने असरहरुको सर्बे गरी कुनै पनि असर नपर्ने देखिएकाले आज त्यहाँका समुदायले कुनै पनि असर नपर्ने भन्दै सहमती पत्रमा हस्ताक्षेर समेत गरेका छन् ।
बिषेस गरी बालीनालीहरुको बिमा, जलवायुमैत्री कृषि सम्बन्धी कार्यक्रम, कृषकहरुलाई तालिम, कृषि सुचना केन्द्र स्थापना, कृषि र वनमा आधारीत साना उद्योगहरु स्थापना गरी आयआर्जनका कार्यक्रमहरु गर्ने लगायतका कामहरु गर्ने बताउँदै कार्यक्रम संयोजक कृष्ण योगी……
सुपाखेत प्राथमीक विद्यालयमा भएको आजको अभिमुखीकरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु र बिशेषगरी आदीबासी जनजाती भित्र पर्ने ब्यासी र पुनमगर समुदायका नागरीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो उहाँका अनुसार अब गाउँपालिकामा कृषि सम्बन्धी कार्यक्रम विस्व खाद्य कार्यक्रमले गर्ने सम्झौता भैसकेको र शिक्षा सम्बन्धी कार्यक्रम गर्नको लागि पनि सम्झौता भैसकेकाले छिटै गाउँपालिकामा लागु हुँने बताउनु भयो । आफु निरन्तर रुपमा गाउँपालिकाको विकासका लागि विभिन्न संघ संस्थाहरु भित्र्याउनको लागि निरन्तर खटी रहेको बताउनु भएको छ ।
