अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रदिप भण्डारीलाई स्वागत गरेको छ । बुधबार गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले अधिकृत भण्डारीलाई खादा माला लगायर स्वागत गर्नु भएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ ९ गते यस अघिका प्रमुख प्रशासकिय अधिकृत हंस महताराको जिम्बेवारी खोसे देखी ३ महिना प्रशासकिय अधिकृत बिहिन बनेको गाउापालिकाले गत चैत्र ५ गते भण्डारीलाई काम काज गर्न भनि आर्थिक प्रशासन सहितको अधिकार दिएपछि गाउँपालिकामा आउदा स्वागत गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताउनु भयो ।
गाउँपालिकाको कृषि अधिकृतको रुपमा कार्यरत रहेका भण्डारीलाई सिनअरको आधारमा मन्त्रालयले सोही दिन जिम्मा दिएको भएपनि आज गाउँपालिकामा उपस्थित भएसँगै स्वागत गरिएको हो । स्वागत कार्यक्रममा निकै लामो समयसम्म कार्यकारी बिहिन बनेको गाउँपालिकाले कार्यकारी पाउँदा निकै खुसी भएको अध्यक्ष सिंहले बताउनु भयो । यसअघि अधिकृत नहुदा आर्थिक काम ठप्प बनेको गाउँपालिकालाई अब दैनिक काम काज गर्न सह भएको छ । आजै कार्यभार सम्हालेका कार्यकारीलाई निवर्तमान कार्यकारी हंस महताराले भण्डारीलाई कार्यकक्षमा लगेर कार्यभार समाल्नु भएको छ ।
आफ्नो जिम्मेवारी सम्हाल्नुहुँदै अधिकृत भण्डारीले इमानदारीताका साथ काम गर्ने जानकारी दिनुहुँदै दुर्गम भए पनि सुशासन कायम हुने गरी लाग्ने बताउनुभयो । गाउँपालिकाको केही फरक पहिचान बनाउने गरी काम गर्ने सोचमा रहेको बताउनुहुँदै उहाँले यसका लागि जनप्रतिनिधिहरूको सहयोगको अपेक्षा राख्नुभयो । आन्तरिक स्रोत थोरै भएको गाउँपालिका भित्र अदानचुली गाउँपालिका पर्छ । उहाँले भएकै साधन र स्रोतबाट अधिकतम लाभ पुग्ने कामका लागि आफ्नो प्राथमिकता रहने बताउनुभयो ।
गाउँपालिकाका जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यालय भएको कारण सबैको साझा मत बनाएर काम गर्ने प्रयत्न गर्ने उहाँको भनाइ छ । भण्डारीले गाउँपालिकाले तय गरिसकेको कार्यक्रमहरूलाई नियम सङ्गत कार्यान्वयन गर्नेमा जोड दिने समेत बताउनुभयो । आफ्ना लागि सबै कर्मचारी बराबर भएको बताउनुहुँदै उहाँले सबै मन जित्ने गरी काम गर्ने चाहाना आफ्नो भएको बताउनुभयो ।
पालिका भित्रका बिकासे योजनाको काम यतिबेला निरन्तर चलिरहेको बेला प्रशासकिय अधिकृत नहुँदा भुक्तानीमा समस्या हुने होकी भन्ने चिन्तामा रहेका कर्मचारीका साथै उपभोक्ता समेत खुसी भएका छन । स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंह सहित ६ वटै वडाका वडा अध्यक्ष, उपलब्ध कार्यपालिकाका सदस्य र गाउँपालिका भित्र रहेका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
