अदानचुली गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार भएको छ ।
गत वर्ष देखी सुरु गरेको स्थानीय पाठ्यक्रम तयारी गरी गाउँपालिकालाइृ हस्तान्त्रण गरेको र अबको केही दिनमा गाउँपालिकाका सबै बिद्यालयलाई हस्तान्त्रण गरेर कार्यक्रम गरीने गाउँपलिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ ।
उज्यालो अदानचुली नाम दिएको स्थानीय पाठ्यक्रम २०८१ मा कक्षा १ देखी ८ सम्म लागु हुँने भएको छ । इजी रिसर्च एण्ड टे«निङ्ग, बानेश्वर काठमाडौँको प्राविधिक सहयोगमा तयार पारीएको उक्त पाठ्यक्रममा तिन वटा खण्ड राखीएको छ । पहिलो खण्डमा परिचय राखिएको छ ।
परिचय खण्डमा पृष्ठभूमि ,पाठ्यव्रmमको परिचय,स्थानीय पाठ्यव्रmमको परिचय,स्थानीय पाठ्यव्रmमको आवश्यकता,स्थानीय पाठ्यव्रmम निर्माणको कानुनी तथा नीतिगत आधारहरु देखी पाठ्यक्रमको अवस्था, यसका सिद्धान्तहरु, अपनाईएको विधि, प्रकृया, लक्षीत समुह र उपेक्षीत उपलब्धीहरुको चर्चा गरीएको छ भने दोस्रो खण्डमा सिकाइ उपलब्धि र मूल्याङ्कन समाबेश गरीएको छ ।
अन्तीम खण्डमा पाठ्यक्रम कार्यान्वयन राखिएको छ । पाठ्यक्रम कार्यान्वयमा पाठ्यघण्टा र पूर्णाङ्क, पाठ्यक्रम कार्यान्वयन प्रकृया, विशिष्टीकरण तालिका,निरन्तर विद्यार्थी मूल्याङ्कन प्रकृया देखी निरन्तर विद्यार्थी मूल्याङ्कन विवरण नमुना पनि समाबेश गरीएको पाठ्यक्रम निर्माणको समयमा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताउनु भएको छ । उहाँका अनुसार अब गाउँपालिकाले पाठ्यपुस्तक बुझि सकेकाले तत्कालै बिद्यालयमा लागु गरीने बताउनु भएको छ ।
पाठ्यक्रम निर्माणमा गाउँपालिकाको शिक्षा शाँखा र वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालको महत्वपुर्ण भुमिका रहेको बताए ।
