अदानचुली गाउँपालिकामा विद्यालय सुधार परियोजना लागु हुँने भएको छ ।
बिहिबार कर्णाली प्रदेश सरकार, सामाजीक विकास मन्त्रालयका प्रदेश सचिब, विद्यालय शिक्षा क्षेत्रमा प्राविधिक समर्थन सहयोग कार्यक्रम(टिज) र अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह विच त्रिपक्षीय सम्झौता भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेखीत स्थानीय सरकारले शिक्षाको अधिकार कार्यान्वयनको लागि सम्पुर्ण जिम्मेवारी टिजलाई दिने र टिजले हरेक विद्यालयमा गुणस्तर शिक्षा सुधारको लागि प्राविधिक सहयोग गर्ने सहमती भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताउनु भएको छ ।
यो सम्झौता शिक्षक, शिक्षा प्रणालीलाई बढावा दिने र शिष्टाचारको सुदृढीकरणको क्षमता निर्माण गर्ने, स्थानीय शिक्षक शिक्षा प्रणाली (PRP) परिचालन गरेर स्थानीय शिक्षक शिक्षा प्रणालीको बृद्धि गर्ने र विशेष गरी स्थानीय शिक्षा मुद्दाहरू र चुनौतीहरूको समाधानका लागि ध्यान केन्द्रित गर्ने लगायतका विषयमा सम्झौता पत्रमा हस्ता क्षर गरीएको बताउनु भएको छ।
यो परियोजना गाउँपालिकामा अब छिट्टै लागु हुँने बताउनु भएको छ ।
