आर्थिक वर्ष सकिनै लाग्दा विकासका कामहरु पनि तिब्र हुँन थालेका छन् । हिउँदका महिनाहरुमा काम नहुँने र जेठ असार लाग्दा वित्तकै बिकासे कामको चटारो हुँने हरेक विकासे निकायहरुको छ । यस वर्ष पनि अधिकांस बिाकाले निकायहरुले यतीबेला धमाधम काम गराई रहेको देखीएको छ ।
यता महालेखा नियन्त्रकको कार्यालयले सबै स्थानीय तहहरुलाई पत्रचार गर्दै यस आर्थिक वर्षका कुनै पनि योजनाहरुको रकम असाढ २५ गते सम्म मात्र भुक्तानी हुँने भएकाले निर्धारित समय भित्र भुक्तानी दिई लेखा अध्यावधीक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले र असाढ महिनामा भुक्तानी कार्यमा अत्याधिक चाप हुँने र जसले गर्दा प्रणालीमा समेत सोही अनुसार चाप भई सिस्टम नचल्ने भएकाले यतीबेलै सबै भुक्तानी लिन र दिन निर्देशन गरेको छ । विगतका वर्षहरुमा अधिकांस स्थानीय तहहरुको अन्तीममा सिस्टम नचलेर धेरैको बजेट फ्रिज गएको थियो ।
सोही कुरालाई मध्येनजर गर्दै तँजाकोट गाउँपालिका एक सुचना जारी गर्दै चालु खर्चको हकमा असाढ १० गते सम्म र पुँजिगत खर्चको हकमा असाढ १५ गते सम्म भुक्तानी लिई सक्नु पर्ने भएकाले समयमै काजजातका फाईलहरु आर्थिक प्रशासन शाँखामा पेश गर्न अनुराध गर्दै सबै वडाहरु स शाँखाहरुलाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भएको छ । अन्यथा सो समय भन्दा पछि पेश हुँन आएका कागजातउपर कारबाही गर्न आर्थिक प्रशासन जबाफदेही नहुँने पनि बताउनु भएको छ ।
