ताक्लाकोटमा लेख लागेर बिरामी भएका दुई जना विदेशी नागरीकको उद्धार


हुम्ला । नेपाल र चिनको सिमान हिल्सा नाका भन्दै केही अगाडि ताक्लाकोटबाट दुई जना विदेशी नागरीकहरुको आज हवाई उद्धारा गरीएको छ ।

नाम्खा गाउपालिमा वडा नः ५ स्थित हिल्सा नाकामा युएसएका दुईजना नागरीक जयश्री अक्सटकुनार पटेल र निते जयन्दर पटेल लेख लागेर बिरामि भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा सिमकोट ल्याई अहिले सुर्खेत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चन्दका अनुसार उनिहरु केरुङ् नाका हुदै चिनको पुलाङ् काउन्ट्रि बाट नेपाल आउने क्रममा ताल्कोटमा घोडा चढेर लडेपछि एक जनाको ढाडमा चोट लागेको र एक जना सामान्य घाईते भएर हिड्न नसक्ने भएपछि चिनले गाडि मार्फत हिल्सा नाका सम्म पुगाएको र हिस्सा नाका सम्म आफु नै गएर हेलीकप्टरबाट सिमकोट ल्याई अहिले सुर्खेत पठाएको बताउनु भयो ।

उनिहरुसँग जयन्द्र पटेल, अमी हिरालाल खत्री सहित ४ जनाको टोली थियो जसमा दुई जना विरामी भएपछि उनिहरुको उद्धारको लागि आएको मनाङ एयरको 9N-AOE हेलीकप्टर मार्फत दुईजना बिरामी सहित चारै जनालाई उद्धार गरिएको बताउनु भयो ।

प्रकाशित मितिः     २९ जेष्ठ २०८२, बुधबार १९:१६  |