हुम्ला । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मंगलबार बिहान ८ बजे तिर आफ्नै घरमा खाना पकउादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।
कुकर जाम भएर वासर फुत्किदा पड्किएपछि नजिकै बसिरहेका बेला तातो दाल एक्कासी छल्किदी बोहोराको अनुहार र घाँटी तातो जलेको बुवा छक्क बहादुर बाहोराले बताउनुभयो । बोहोराले एसै बर्ष एसइई दिएर नतिजा पर्खिदै घरमा बसेकी थिइन ।
बोहोराको उपचारकालागी उहाँका बुवाले सोही वडाकै पैमामा लगेर अहिले उपचार भइरहेको छ भने तहाँ पनि उपचार सम्बभ नभए सहरी क्षेत्रतर्फ लगिने बताउनु भएको छ ।
