हुम्लामा फल्यो ड्रागन फल


श्रीनगर । हिमाली जिल्ला हुम्लामा ड्रागन फल फल लाग्न थालेको छ । अत्याधिक जाडो हुने हुम्लामा परिक्षणका लागि तुम्चमा लगाइएको बोटले फल दिन थालेको हो । फल्छ कि फल्दैन भनेर परीक्षण गर्न आफुले १ सय ५० रोपेको भएपनी १ सय भन्दा धेरै बोटमा यतिबेला फुल फुलेर फल लागेको अदानचुली ३ का नेत्र फडेराले बताउनुभयो।

जिल्लाको तराईका रुपमा लिदै आएको तुम्चमा सोही फल फल्न थालेपछी अब ब्यबसायिक ड्रागन खेती तर्फ लाग्ने उहाको भनाई छ । यतिबेला बोटमा फलेका धेरै फललको ब्याबसायिक बिक्रि सुरु नभएको भएपनी लगाएको २ बर्ष भित्रै फल दिदा आफुलाई सो खेती गर्न उत्साहित बनाएको छ । जिलामा भने ड्रागनको प्रती किलो ४ सय देखि ७ सय सम्म मूल्य रहेको छ तर आफुले बिक्रि गर्न सुरु नगएको बताउनुभयो ।

फल दिन थालेपछी यसै बर्ष १ बिगा जमिनमा लागाइएको ड्रागनलाई पिल्लर हालेर टायर माथी चढाउने सोचमा रहेको फडेराको भनाइ रहेको छ । बोटलाई हाल काठको सहायताले उभ्याइएको भएपनी फल दिइरहेको छ । उहाले भन्नुभयो“ अझै धेरै फल फलाउनका लागि पिल्लरमा राख्नु पर्ने देखिन्छ ।

फल जिल्लाको तुम्चमा मात्र नभाइ मकैमा समेत धेरै जनाले गर्न थालेको अर्का स्थानिय दत्त बुढाले बताउनुभयो । उहाँले आफ्नो बारिमा लगाइएका ड्रागनले समेत यसै बर्षबाट फल दिन थालेको छ । आफुले पनि परिक्षण गर्नकै लागि ५ रोपनी जमिनमा लगाएको ड्रागनले फल दिदा खुसिको सिमा नै छैन । हुम्लामा हुदैन्की भन्ने मनमा चिन्ता भए पनि फुल फुलेर फल लाग्दा अचम्म परेको बताउनुभयो ।

गर्मि हुने ठाउमा मात्र हुने आफुले सुनेको भएपनी जिल्लामा चिसोकोका कारण नफल्ने जस्तो चिन्ताको बिचमा फल लागेको छ । मकै र तुम्चमा यसको फल लाग्न सुरु भएदेखी अन्य स्थानिय बोटका हागा लिन आफू कहा आउने गरेका छन । यो फल निकै मीठो समेत हुबे भएकाले सबके यस्को खेती गर्न थालेका छन ।

सो फलको खेती यतिबेला जिल्लाको अदानचुली, सलिसल्ला, बाग्रे चौर, घाट, दोमुख, पैमा र कवाडी लगाएतका क्षेत्रमा लगाउन सुरु गरिएको छ । हिमाली जिल्लामा पनि फल दिन थालेपछी र यसबाट आम्दानी समेत मनग्य हुने भएकाले खेती गर्न आकर्षण भएका हुन ।

प्रकाशित मितिः     ३० जेष्ठ २०८२, बिहीबार १०:३४  |