ताँजाकोट गाउँपालिकाद्धारा निर्मााणधिन ऐतिहासिक झाडमाडौं मन्दिरको अनुगमन


श्रीनगर । ताँजाकोट गाउँपालिकाद्धारा निर्माणाधिन झाडामाडौं पर्यटकिय मन्दिरको अनुगमन गरिएको छ । अदानचुली र ताँजाकोट गाउँपालिकाको बिच भागमा रहेको ऐतिहासिक पर्यटकिय गन्तब्य बाकेको झाडमाडौंमा बन्दै गरेको सोही मन्दिरको शुक्रबार अनुगमन गरिएको हो ।

संघिय सरकारको चालु आर्थिक बर्षको ससर्त अनुदानबाट प्राप्त रु ९० लाखमा निर्माणाधिन मन्दिरको गाउँपालिकाको टोलीले अनुगमन गरेको सब इन्जिनियर बिनोद बिष्टले बताउनु भएको छ ।

उहाँका अनुसार सोही ऐतिहासिक पर्यटकिय सम्भावना बोकेको झाडमाडौंमा यतिबेला भक्तजनहरुको बस्दै आएको मन्दिरको माथिल्लो भागमा सिढि निर्माण भइरहेको छ भने सोही निर्माण पछि मन्दिरपनि निर्माण हुने भएको छ ।

सो मन्दिरमा आगामी साउन पुर्णिमाका दिन अदानचुली र ताँजाकोट गाउँपालिकाका बिभिन्न देबि देवता संयुक्त रुपममा मेला लाग्ने गरेको छ ।

अनुगमनमा भने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारी, प्राबिधिक शाखा प्रमुख लगायत अन्यको उपस्थितमा निर्माणाधिन अबस्थाको अनुगमन गरिएको छ ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०८२, शुक्रबार २०:०२  |