सर्केगाडमा पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया


हुम्ला । सर्केगाड गाउँपालिकामा जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परियोजना पोषण सुरक्षाका सवालमा सरोकारवाला बीच अन्तरक्रिया गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा अन्तरक्रिया तथा गोष्ठि संचालन गरेको हो ।

डिएफ नर्वेको आर्थिक तथा लि. वर्डको प्राविधिक सहयोगमा सिप बिकास नेपालद्धारा संञ्चालन भैरहेको जिविकोपार्जन सुधार तथा समानुकुलन क्षमता अभिवृद्धि परियोजना कार्यक्रम अन्तरगत क्रियाकलापको अन्तरक्रिया गरिएको सिप नेपालका कार्यक्रम संयोजक छिरिङ पाल्मु लामाले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्यांङ्क अनुसार सर्केगाडका बिद्यालयबाट सिकाइ साझा गर्न मुख्य प्रबाहिकरणका लागि खाद्य उपभोगको अवस्था पहिलाको तुलनामा सुधार भएको पाइएको छ । पोषण पाठशाला अन्तरगत रहेर पोषणबारेमा चेतना तथा ब्यवहार बृद्धि, पोषण सुरक्षाको लागि उत्पादन तथा आयआर्जनका कार्यहरुमा भुमिका निभाउँदै आएको उहाँले बताउनुभयो ।

सिप नेपालद्धारा गठित समुहमा आवद्धलाई पोषण पाठशाला परिचय तथा अवधारणा, पोषणको परिचय, स्वास्थ्य जीवनका लागि सरसफाई तथा असल ब्यवहार लगायत विभिन्न शिर्षकमा पोषण पाठशाला कक्षा तालिका अनुसार संचालन गरिएको हो । स्थानीय स्तरमा उत्पादन गरि पोषण कार्यक्रमका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः     ३२ जेष्ठ २०८२, शनिबार ०७:४१  |