सम्भावित क्षयरोगका ९० बिरामीको खकार परिक्षण सबै नेगेटिभ


श्रीनगर । अदानचुली गाउँपालिमा सम्भावित क्षयरोगका बिरामीको खकार परिक्षण गरिएको छ । २ वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगाको परिक्षाण गरिएको हो ।

पालिकाको श्रीनगर स्वास्थ्य चौकी र लौठि स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट आएको टोलीसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सक्रियतामा खकारको चेकजाँच गरिएको स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका १ देखी ६ वटै वडाका सम्भावित ९० जना बिरामीहरुको परिक्षण गरिएको सबैको रिपोट नेगेटिभ आएको छ । जिल्लाबाट रबिन्द्र देवकोट र पवन ऐडीको टोलीले सम्बन्धीत स्वास्थ्य चौकीमा गइ ल्याब परिक्षण गरिएको बताउनु भएको छ ।

सम्भावित बिरामीको खकार लिनका लागि स्वास्थयकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वय सेविकाको सक्रियातामा घर घरमा गइ ल्याएको खकार सोही २ वटा स्वास्थ्य चौकी मार्फत परिक्षण गरिएको हो ।

पालिकामा धेरै जनामा क्षयरोग हुने सक्ने सम्भावित अनुमान गरिएको भएपनि खकारको ल्याप परिक्षण सुन्य देखिएको जनस्वास्थ्य निरिक्षक सन्तोष बुमीले बताउनु भएको छ । गाउँपालिकामा भएका सबै वडका सम्भावित बिरामीको आफु गएर परिक्षणका लागी कसैलाई नछुटाई खकार ल्याइएको बताउनु भएको छ ।

प्रकाशित मितिः     १ असार २०८२, आईतवार १९:१२  |