आर्थिक वर्ष सकिनै लाग्दा योजनाहरुको अनुगमनमा स्थानीय तह केन्द्रीत भएका छन् । यता अदानचुली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित जनप्रतिनिधिहरु र प्राबिधीकहरु निरन्तर योजनाहरुको अनुगमन गरीएको बताएका छन् । अनुगमन सहित काम नभएका योजनाहरुलाई काम गर्न ताखेता समेत दिदै आएको बताएका छन् ।
विगतका वर्षहरुमा अनुगमन फितलो भई योजनामा भ्रष्टाचार हुँने र अन्तीममा अख्तीयारको फन्दामा जनप्रतिनिधि सहित कर्मचारीहरु समेत पर्ने भएकाले पछिल्ला वर्षहरुमा अनुगमनलाई कडाई गरीएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बताउनु भएको छ । आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहेकाले केही योजनाहरु काम नसकिने भएपछि दिन रात काम गरी सकाउन थालेका छन् ।
विगतका वर्षहरुमा काम नसकिएपनि खातामा पैसा जम्मा गरेर खाता रोक्का गरेर पछि काम सकाउने गरेपनि गत वर्ष देखी काम नसकाए फ्रिज जाने भएकाले पनि काम सक्नै पर्ने बाध्यता उपभोक्ता समितिलाई रहेको छ ।
गाउँपालिकामा निर्माणधिन योजनाहरुमा आफुसहित जनप्रनितिहरु र कर्मचारीहरु पनि योजनाहरुको अनुगमन गर्दै भाबी योजना निर्माणको लागि योजना अनुगमन गर्दै सुझाब सल्लाह दिने गरीरहेको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भएको छ ।
हरेक स्थानीय तहले अषाढ १० गते सम्म बजेट, निति तथा कार्यक्रम ल्याउनै पर्ने ब्यबस्था भएकाले यतीबेला स्थानीय तहहरु योजना अनुगमन, भुक्तानीको सिफारीस लगायत आगामी बजेट ल्याउन केन्द्रीत रहेका छन् ।
