ताँजकोट गाउँपालिकाको जिमानामा एक घर एक धारा उद्धघाटन गरीएको छ ।
स्थानीय पुर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानिमा निर्माण सम्पन्न भइ गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले रिबन काटेर उद्धघाटन गर्नु भएको वडा नम्बर १ का वडा अध्यक्ष मोहनलाल रिठालले बताउनु भएको छ । यस अघि खानेपानीको समस्या देखी जिमानामा अब देखी घरघरमा घार भएपछि त्यहाँका स्थानीय देखी हामी सबै जनप्रतिनिधिहरु समेत खुसी भएको वडा अध्यक्ष रिठालले बताउनु भयो ।
स्थानीय पुर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सहलगानिमा ८० लाख बजेटले निर्माण पुरा गरी घरघरमा धारा पुर्याएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भएको छ ।
उहाँका अनुसार साना कुनिका छरेजस्तो बजेट बितरण नगरी बाहिरबाट ठुला परियोजनाहरुसँग समन्वय गरी यस वर्ष ठुला योजनाहरु मात्रै बनाएको बताउनु भएको छ । यता छप्रेलातिर खानेपानीको केही समस्या आएपनि यसै वर्ष यहाँ समाधान तिर लाग्ने बताउनु भएको छ ।
