अग्नी पिडितलाई माओबादी केन्द्र सर्केगाड गाउँ कमिटि द्धारा ४३ हजार राहत रकम हस्तान्त्रण ।


माओबादी केन्द्र सर्केगाड गाउँ कमिटिले अग्नी पिडितहरुलाई ४३ हजार ७ सय ९५ रुपैया राहत सहयोग गरेको छ ।

गाउँ कमिटिका अध्यक्ष छबी थापाको अध्यक्षतामा तथा जिल्ला संयोजक डा.दिपेन्द्र रोकायाको प्रमुख आतिथ्यमा बसेको गाउँ कमिटिको पुर्ण बेठकले अग्नी पिडितलाई सहयोग गर्ने निर्णय गरेसँगै आजै पिडितलाई राहत रकम हस्तान्त्रण गरीएको अध्यक्ष थापाले बताउनु भयो ।

उहाँका अनुसार राहत रकम कार्यसमितिमा रहेका सबै पदाधीकारीहरुबाट उठाएर ४३ हजार ७ सय ९५ रुपैया मात्र जम्मा गरेको र बाँकी रकम उठाउने पहल भैरहेको बताउनु भएको छ ।

सर्केगाड गाउँपालिका–३ उनापानीको औल गाउँमा आइतबार राति आगलागी भएर आठवटा घर जलेर पूर्णरुपमा नष्ट हुँदा रु एक करोड रुपैयाँ बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरलले बताउनु भएको छ ।
आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी पोखरेलले बताउनुभयो ।

आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलको भनाई छ ।

प्रकाशित मितिः     ३ असार २०८२, मंगलवार १९:४८  |