ताँजकोटमा ३६ करोड १५ लाखको बजेट सभामा पेश ।


जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ३६ करोड १५ लाख ९२ हजार ९ सय २५ को बजेट पेस भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले आज गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ रुपैया र पुँजिगत १७ करोड ९१ लाख ९९ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनु भयो ।

आज सभामा पेश गरेको निति तथा कार्यक्रम पास भएको भएपनि आगामि आ.व को बजेट गाउँसभामा पेश भएको बताउँदै गाउँसभामा पेश गरीएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई बिशेस जोड दिदै शिक्षामा २ करोड ५० लाख, स्वास्थ्यमा ५० लाख र पुर्वाधार बिकासमा २ करोड रुपैया विनियोजन गरीएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।

गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित वस्ती उथ्थान कार्यक्रममा ७ वर्षको लागि ३५ लाख रुपैया विनियोजन गरेको छ भने स्थानीय पुर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुँने कार्यक्रमका लागि २ करोड २ लाख रुपैया विनियोजन गरीएको बताउनु भयो ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार २०:२७  |