सोरुमा ५७ करोड ९४ लाखको बजेट सभामा पेश ।


मुगु जिल्लाको सोरु गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२ को बजेट पेस भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले आज गाउँसभामा चालुतर्फ ३८ करोड ६९ लाख ५ हजार ५ सय २५ रुपैया र पुँजिगत २२ करोड २५ लाख ४२ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताउनु भयो ।

आज सभामा पेश गरेको निति तथा कार्यक्रम पास भएको भएपनि आगामि आ.व को बजेट गाउँसभामा पेश भएको बताउँदै गाउँसभामा पेश गरीएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई बिशेस जोड दिएको बताउनु भयो ।

गाउँपालिका अध्यक्षसँग विपन्न जेहेन्दार छात्रवृद्धि कार्यक्रममा २ सय जना विद्यार्थीलाई ५ हजारका दरले दिईने कार्यक्रम ल्याएको छ । एकल पुरुष जिवन निर्वाह भत्ता कार्यक्रम पनि बजेटमा समाबेश गरीएको छ । ४० वर्ष देखी ५९ वर्ष उमेर समुहका एक जनालाई वार्षिक १२ हजार रुपैया प्रदान गरीने भएको छ ।

रैथाने बाली विक्री भण्डार, गाउँपालिका शिक्षक स्वयम्सेवक दरबन्दी सृजना गर्ने, ईसीडी र विद्यालय कर्मचारीलाई थलब थप गर्ने, स्वास्थ्यकर्मीको तलब र प्रोत साहन भत्ता थप लगायतका नयाँ कार्यक्रम थप गरीएको छ ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार २०:४६  |