चंखेली गाउँपालिकामा टेलिफोन समस्या हुदा काम गर्न असहज


हुम्ला असार ११ गते । जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा टेलिफोन टावरको समस्या भएको छ । गएको २ साता देखी गाउँपालिका केन्द्र रहेको पिप्लाङमा नेपाल टेलिकमको टेलिफोन टावरमा समस्या आएको हो ।

पालककै मेलछाममा रहेको नेपाल टेलीकमको टेलिफोन टावरमा रसमस्या आउँदा सुभना आदन प्रदानमा समस्या भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र सो समय सम्म काम गरी रहेको टेलिफोन टावरमा समस्या आउँदा सुचना आदन प्रदान ठप्प बनेको छ ।

सुचना र संञ्चारका अभाव रहेको गाउँपालिकामा टेलिफोनको टावरमा समस्या आउँदा गाउँपालिकामा हुने बिभिन्न काम समेत ठप्प बनेका छन । यतिबेला गाउँपालकामा गाउँसभा देखी अन्य बिभिन्न कार्य गर्न समेत टेलिफोनको समस्या भएको हो ।

गाउँपालिकाको केन्द्रमा टेलिफोनको समस्या भएपछि गाउँ र जिल्ला बाहिर भएका नागरीकलाई सम्पर्क गर्न समेत समस्या भएको छ । घर बाहिर भएका नागरीकहरुलाइ यतिबेला गाउँ बाहिर खबर आदन प्रदान गर्न समस्या हुदा हाल संञ्चार बिहिन भएको उहाँले बताउनुभयो ।

टेलिफोनो टावरमा समस्या आएकै कारण नागरीकले अग्ला डाँडा काडामा गएर फोन सम्पर्कमा जोडिन बाध्य भएको अध्यक्ष शाहीले बताउनुभयो । पालिका केन्द्रमा टेलिफोनको समस्या आएदेखी २ घण्टा पैदल हिडेर दार्माबाट टेलिफोन गर्नु परिरहेको छ ।

अध्यक्षले टेलिफोन समस्या बुझ्नकै लागि समेत मोबाइलमा टावर नहुदा कुनै पनि ठाउँमा बुझ्न सक्ने अबस्था नभएको बताउनुभयो । नेपाल टेलिकमको दुर संञ्चार कार्यालय हुम्लामा बुझ्ने समेत टावर नरहेको बताउनुभयो ।

प्रकाशित मितिः     ११ असार २०८२, बुधबार ११:१४  |