हुम्लाको चंखेली गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न, ५२ करोड बढीको बजेट सभामा पेश ।


हुम्लाको चंखेली गाउँपालिकाको १४ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा आज बसेको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शशाहीले ५२ करोड, ४८ लाख ९६ हजार ९४ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गुर्न भएको छ ।

गाउँ सभाका अध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले कृषि, वन, वातावरण, शिक्ष स्वास्थ्य र पुर्वाधारलाई केन्द्रति गर्दै आगामि आर्थिक वर्ष २०८२।०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा गाउँ सभाले सर्बसम्मत पास गरे लगत्तै उपाध्यक्ष शाहीले अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो ।

जम्जमा ५२ करोड, ४८ लाख ९६ हजार ९४ रुपैयामा चालु तर्फको २१ करोड २२ लाख ५५ हजार रुपैया तथा पुजिगत तर्फ ३१ करोड २६ लाख ४१ हजार ९४ रुपैयाको अनुमानित बजेट पेस गर्नु भएको छ । यसमा गाउ सभाका सदस्यहरुको दफवार छलफल पश्चात पास गरीने गाउँपालिकाका अध्यष प्यारीलाल शाहीले बताउनु भयो ।

यो सँगै हुम्लाको सबै गाउँपालिकाले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित बजेट पेश गरी सकेका छन् । हुम्लाका नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका र ताँजाकोट गाउँपालिकाले १० गते नै बजेट ल्याएका थिए भने अदानचुली गाउँपालिकाले ११ र चंखेली गाउँपालिकाले आज १४ गते बजेट ल्याएसँगै हुम्लाका सबै स्थानीय तहले बजेट ल्याएका छन् ।

प्रकाशित मितिः     १४ असार २०८२, शनिबार २०:१२  |