अषाढ १९ हुम्ला । ताँजाकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान दिएको छ ।
संघिय सर्सत अनुदान अन्त्रगत विपन्न समुदायका सुनौलो हजार दिन भित्रका २५ जना आमाहरुलाई प्रति व्यीक्त २५ हजारका दरले अनुदान दिएको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकाललले बताउनु भयो । उहाँका अनुसार ताँजाकोट गाउँपालिका वडा नं ०३ चैतारि गाउकोँ दलित बस्तिमा रहेका २५ जना आमा समुहका सदस्यहरुलाई पोषण सुधार कार्यक्रम अन्त्रगत उन्नत जातका कुखुरा निर्माणको लागि उनिहरुकै खातामा प्रतिव्यक्ति २५ हजारका दरले अनुदान दिएको बताउनु भयो ।
पोषण सुधार कार्यक्रम अन्त्रगत गाउँपालिकामा जम्मा ६ लाख २५ हजार रुपैयामा दलित बस्तीका २५ जना सुनौलो हजार दिन भित्रका आमा समुहका दलित, अति बिपन्न महिला सदस्यहरुलाई प्रति व्यक्ती २५ हजारका दरले उनिहरुको बैंक खातामा जम्मा गरेर २५ वटा उन्नत जाताका कुखुरा फर्म निर्माण गर्ने निर्णय गरीएको छ ।
उनिहरुले आ आफ्नो स्वामित्वमा रहने गरि पोषण स्वास्थ्यमा सुधार गरी आमा र बालबालिका कुपोषीत हुँनबाट रोक्नको लागि यस किसिमको अनुदान वितरण गरीएको बताउनु भयो ।
२५ हजार रकम उन्नत जातका कुखुरा फर्मको लागि अनुदान पाएपछि अत्यन्त खुसी हुँदै सुनौलो हजार दिन कि आमा मिथा नेपालीले यसैबाट आयआर्जनको स्रोत बनाउने र आफ्ना बालबालीकालाई हरेक दिन पोषणयुक्त खाना खुवाई बताउनु भयो । त्यति मात्र नभई यस किसिमको अनुदान सहयोगको लागि गाउँपालिकालाई धन्यबाद समेत दिनु भयो । –––कालीबहादुर थापा