भिइका दलित घरपरिवारलाइ ग्यास चुल्हो बितरण 


श्रीनगर । मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिइका दलित बिपन्न घर परिवारलाइ ग्यास सिलिण्डर सहितको चुल्हो बितरण गरिएको छ । वडाका बिपन्न दलित घर परिवारलाई कार्यपालिका सदस्य हरिलाल दमाइद्धारा कार्यपालिका सदस्य कोषको ६ लाख रकमबाट ६७ घर परिवार सहित ३ वटा सरकारी कार्यालयलाई ग्यास सिलिण्डर, पाइप, रेगुलेटर, पाइप र चुल्हो बितरण गरिएको हो ।

कार्यपालिका सदस्य दमाइका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । भिइँको निकै टढाको दुरीमा रहेको जंगलमा गएर दाउरा बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेको बताउनु भयो ।

घरमै ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको स्थानिय बासीको भनाइ रहेको छ । अब धुँवामा बस्नुपर्दैन दलित घरपरिवारले खुसी साँटेका छन । बदिलिदो समय अनुसार पछिल्लो समय सबै नागरीकले ग्यास चुल्होको प्रयोगमा बृद्धि भएसँगै दलित घरपरिवारलाइ समेत धुँवा मुक्त बनाइ ग्याँस चुल्होको प्रयोगमा ल्याउनका लागि शनिबार घरमै गएर ग्या सिलिण्डर सहितको चुल्हो बितरण गरिएको छ ।

सोही ग्याँस चुल्हो बितरण कार्यक्रममा कार्यपालिका सदस्य हरिलाल दमाइ, वडा सदस्य चक्र बहादुर धामी र दलित महिला सदस्य जानसरा कुमाल सहित बिपन्न दलित घरपरिवार सहितको उपस्थित रहेको थियो ।

प्रकाशित मितिः     २८ असार २०८२, शनिबार १९:२०  |