श्रीनगरका नागरीकलाइ घर पोत्ने माटो खोज्न सास्ती


अदानचुली असार ३० गते । गाउँमा चाडबाडसँगै बर्खे बाली लगाउन सबै व्यस्त देखिन्छन् । धन बाली देखी कोदो रोप्न नागरीक खेतबारीमा जम्मा हुँदा चहलपहल बढेको छ । विशेषगरी असारमा जिल्लाका किसानलाइ चटारो हुने गरेको कुनै नौलो कुरा होइन् ।

साउन १ गते पर्ने साउने संक्रान्तीलाइ धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउनका लागि यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्छन् । यो बेला पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले घण्टौं हिंडेर माटो ल्याउने गरेको अदानचुली गाउँपालिका २ की कुन्ता महताराले बताउनुभयो । ‘कमेरो माटो त आफ्नै वडाको बनमा पाइन्छ तर रातो माटो लिन ४÷५ घण्टा नै हिंड्नुपर्छ’ उहाँले भन्नुभयो् , ‘घरमा कोही बितेको छ भने पूरै घर पोत्न मिल्दैन । घरलाई चोख्याउन कमेरो र रातो माटाले पोत्नुपर्छ ।’

अदानचुली ३ की असाडी थापालाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै चाँड आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिलाहरू जम्मा भएर अदानचुली–३ र का बिचभाग रेउलेमा माटो लिन जान्छन् । ‘पक्की घर हुनेहरू चुनाले घर पोत्छन्, कच्ची घरमा रातो माटो र कमेरो नै लगाउँछौं,’ उहाले भन्नुभयो, ‘माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै कतिपय ठाउँमा माटो खन्न बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ  ।’ घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनुपरेको थापाले बताउनु भयो । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन, ‘दसैंमा मात्र नभइ हरेक स्थानिय चाँडहरुमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’

गाउँमा पक्की घर छिटफुटमात्रै छन । स्थानिय सबै चाँडहरुमा नै घर चोख्याइन्छ । साउन महिनामा मष्टो र मदाना देवताको कुल पुजा समेत हुने भएकाले घर चिटिक्क पारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीयले सुनाउनुभयो ।

घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने गरेका छन । खाल्डोबाट आफैं खनेर महिलाहरुले माटो ल्याउने गरेका छन । देबि देवता रिसाउने भएका कारण बजारको रंग लगाएर हामीलाई शुभसंकेत हुँदैन ।’ माटोको खानी असुरक्षित भएपछि माटो खन्न गएका महिलाहरु कतै हराउने र पुरिने गरेको अदानचुली २ डल्ली भण्डारीले बताउनुभयो । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

घरबाट १० किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेको उहाँले बताउनुभयो । ‘एक÷दुई दिनमा घर पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । साउने संक्रान्ती अघि घर लिप पोत गरेपछि मनै शान्ति हुन्छ, । ‘झ्याल, ढोकामा रातोे रंग लगाइन्छ । उहाँका अनुसार कसले घर राम्रो पोतेको छ र चिटिक्क पारेको छ भन्ने छिमेकीबीच चर्चा चल्छ ।

खाल्डा असुरक्षित हुदा महिलाको ज्यान जोखिममा

माटो खन्दा धेरै ठुलो खाल्डो भएका ठाउँमा पुग्दा मात्र डर लाग्ने तर सामान्य खाल्डामा कुनै डरको महसुस नहुने अदानचुली २ टल्ली भण्डारीको भनाइ छ । ‘हतार हतार हुन्छ , कतीखेर माटो खनेर घर फर्किने र केटाकेटी हेरबिचार गर्ने भन्ने नै चिन्ता हुन्छ’ । माटो पोत्न महिलाले नै जानुपर्ने बाध्यात्मक अवस्थाले उनीहरू जोखिममा पर्ने गरेको उहाँको ठहर छ । मटो खन्दै गर्दा परेको ओढार माथिबाट कतिबो खस्छ भन्ने टुंगो हुदैन् एक जना महिलाले माटो खस्छ भनेर चिहाउने अरुसबैले ओढार भित्र पसेर माटो खन्ने गरेका छन । माटोको खानमा एकलै गएका धेरै जना महिलाले पुरिएर ज्यान गुमाइ सकेको बताउनुभयो । महिलाहरुलाइ माटो खन्दा ज्यानको बाजी लगाउनु परेको भण्डारीले बताउनुभयो ।

प्रकाशित मितिः     ३० असार २०८२, सोमबार १०:२८  |