सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका– १ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो ।
सिमकोट गाउँपालिका–१ को दोजामबाट सदरमुका सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक शंकर पोखरेलले बताउनुभयो ।
प्रहरी नायब उपरिक्षक पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो ।
जडीबुटी सकंलन गरी घर फर्किरहको अबस्था दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना भएर खोलामा ट्याक्टर प्रहरीद्धारा उद्धार भइरहेको छ ।’
ट्याक्टरमा चढेकाहरू खार्पुनाथ गाउँपालिका– ३ र सिमकोट गाउँपालिका–८ स्याडाका स्थानीय रहेको प्रहरी नायक उपरिक्षक पोखरेलको भनाइ रहेको छ । उनिहरुको पहिचान हुन बाँकी रहेको छ ।
