सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण


देबल आधारभुत विद्यालय तुम्चलाई सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण गरेको छ ।

सर्केगाड गाउपालिका वडा नः १ तुम्च स्थित देवल आधारभुत बिद्यालयलाई सीप नेपाल हुम्लाका कार्यलय प्रमुख काली बहादुर भण्डारी विद्यालयमा आई ४ लाख ५० हजार बराबरको जिन्सि सामाग्रीहरु हस्तान्तरण गरेको तम्चबाट हाम्रा स्थानीय संबाददाता रतन रावतले खबर पठाउनु भएको छ ।

उक्त सस्थाका कार्यलय प्रमुख काली बहादुर भण्डारिको अध्यक्षतामा तथा सर्केगाड गा.पा वडा नः १ का वडा सदस्य उब्जन मल्लको प्रमुख आथित्यमा र गाउका स्थानिय नागरिक, शिक्षक ,बिद्यार्थीहरु उपस्थितिमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकिष्ण शाहि र बिद्यालय प्रधानध्यापक मदन बुढा लाई उक्त सामान हस्तान्तरण गरियको बताउनु भयो ।

हस्तान्त्रण गरीएका सामाग्रहिरुमा स्टिल दराज २ थान,सोफा सेट २ थान,प्लास्टिक कुर्सी २५ वटा, रिग्ने कुर्सी १ थान,फिल्टर २ थान, कार्पेट २० मिटर, ल्यापटप १ थान, एभरेस्ट कम्पनीको वाइफाइ (इन्टरनेट) जडान देखी ड्रम सेट १ थान हस्तान्तरण गरेको उहाँले पठाएको प्राप्त खबरमा उल्लेख गरीएको छ ।

प्रकाशित मितिः     ३ श्रावण २०८२, शुक्रबार १८:५३  |