खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।


खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते भएका छन् ।

कर्णाली करिडोर अन्त्रगतको चुवाखोला अर्थात खार्पुको बेलीबृज नजिकैको उकालोमा खार्पुबाट ठेहे तर्फ जाँदै गरेको बा ०२ च ७२७९ नम्बरको जिप सडकमै पल्टिदा २ जना गम्भिर घाईते भएका छन् भने एक जना सामान्य घाईते भएको प्रहरी नायब उपरिक्षक संखर पोखरेलले बताउनु भयो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को खार्पुको पुलबाट करिब २ सय मिटर माथीको उकालोमा दुर्घटना भएको हो । बिरु भण्डारीको उक्त जिप खार्पुनाथबाट ग्याग्रु हुँदे ठेहे जाने क्रममा अलिे साँझ ५ बजेर ४५ मिनेट जाँदा उकालो चढ्नेक्रममा उकालो चढ्न नसक्दा सडकमै पल्टीएर दुर्घटनामा परेको बताउनु भयो ।

घाईतेको उपचारको लागि जिप मार्फत जिल्ला अस्पताल ल्याइ सकेको बताउनु भयो । जिपमा गाडि साउ सहित ३ जना मात्र सवार थिए ।

प्रकाशित मितिः     २६ श्रावण २०८२, आईतवार १९:२०  |