श्रीनगर । अस्पातालको सैयामा लडेकी टमटाको लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम जुटाएको छ । ताँजाकोट गाउँपालिका ५ चिहिकी सिन्किसरा टमटा प्रेसले हानेपछि दाँग स्थित घोराइको महेन्द्र अस्पातालको सैयामा लडि राखेकि बेला उपचारका लागि लमइ सेवा समाजले ७४ हजार सहयोग रकम उठाएको हो ।
बैदेशिक रोजगारीमा गएका अदानचुली ६ लमइका युवाहरुले खोलेको सो संगठनले चलाएको सिन्किसार बचाउँ अभियान मार्फत ७४ हजार रुपैँया सहयोग जुटेको सेवा समाजका महासचिव हिराजन टमटाले बताउनुभयो । उहाँका अनुसार टमटाको उपचारका लागि सो रकम उठेको भएपनि ३ लाख आवश्यक रहेकाले सहयोगको अपेक्षा गरिरहेको बताउनु भएको छ ।
यता अस्पतालको शैयामा लडिरहेकी श्रीमतीलाइ बचाउनका लागी यता श्रीमान गोप कामी सबै तिर सहयोग मागि रहेको बताउनु भएको छ । आफुसँग आर्थिकको सनकै अभाब हुनुका साथै सो रकम नभएका कारण तत्काल आवश्यक भएकाले सहयोगी मनहरुमा सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । डाक्टरले उपचारकालागि तेत्रो रकम माग्दा आफुलाइ समेत तनाब भएको बताउनु भएको छ । सहयोगका लागि बिर्ख बहादुर टमटाको खाता नम्बर टि २०७०१०००१८३९ र मोबाइल नम्बर ९७४९७६६१०७ मा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।
