अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुर्योदय माविलाई ।


 हुम्लाको अदानचुली गाउँपालिकामा भएका विद्यालय स्तरीय (शिक्षक–शिक्षक) विच भएको भलिबल प्रतियोगितामा सुयोदय माबी विजयी भएको छ । गाउँपालिकामा भएका विद्यालय विद्यालय विच भएको प्रतिस्पर्धामा सुर्योदय मावि प्रथम भएको छ ।

अदानचुली युवा क्लबले गाउँपालिकामा पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा कैलाशपुरी माध्यामिक विद्यालयलाई पराजीत गर्दै प्रथम भएको हो । प्राथमिक विद्यालयमा टिम नपुग्ने भएकाले सहभागी हुँन नसकेको र ८ वटा अधारभुत विद्यालय मध्ये सल्लाघारी माध्यामिक विद्यालयले पनि टिम नपुग्ने भन्दै दर्ता नगराएपछि ७ वटा टिमहरु विच भएको प्रतियोगितामा नकाउट प्रणाली मार्फत सुयोदय माबी प्रथम भएको हो ।

यस्तै कैलाशपुरी मावि द्धितिय भएको छ भने जनकल्याण माध्यामिक विद्यालय तृतिय भएको आयोजक क्लबका अध्यक्ष धनराम फडेराले बताउनु भयो ।

यस्ते उक्त खेलमा उत्कृष्ट खेल खेलेको भन्दै कैलाशपुरी माध्यामिक विद्यालयकी खेलाडी बेलपुराकुमारी बुढालाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कार प्रदान गरीएको छ । उनि शिक्षका भएपनि कैलाशपुरी माध्यामिक विद्यालयलाई द्धितिय स्थान हासिल गराउन उहाँकै महत्वपुर्ण देन रहेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले बतानु भयो ।

हस्तलेखन प्रतियोगिता ।
सोही क्लबले आयोजना गरेको हस्तलेखन प्रतियोगिताको नेपाली तर्फ प्राथमिक तहमा छत्रपाल आधारभुत बिद्यालयका पुजा फडेरा प्रथम, सर्किदेब आधारभुत बिद्यालयका जीवन टमटा दृतिय र सुपाखेत प्राबिका उर्मिला सिंह तृतिय भएका छन । यस्तै प्राथमिक बिद्यालय तहको अंग्रेजीमा गाउँपालिकाको एक मात्र संस्थागत बिद्यालय माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलका बिसाल सुनार प्रथम, सर्किदेब प्रबिका अनिल टमटा दृतिय र ज्ञानोदय माबिका अर्जुन पुन मगर तृतिय भएका छन ।

यस्तै आधारभुत बिद्यालयको नेपाली तर्फ जनकल्याण माबिका तेज महतारा प्रथम, ज्ञानोदय माबिका रोसन सुनार दृतिय र सल्लाघारी माबिका नौरा शाही तृतिय भएका छन । आधारभुत बिद्यालयको अंगेजी तर्फ सुर्याेदय माबिका केशब बुमी प्रथम, जनकल्यण माबिका हेमराज दानी दृतिय र सल्लाघारी माबिका रमित सिंह तृतिय भएका छन ।

माध्यामिक बिद्यालय तर्फको नेपालीमा कैलाशपुरी माबिका अर्जुन लुवार प्रथम, सल्लाघारी माबिका सिद्धराज सिंह दृतिय र सुर्याेदय माबिका केशरी महतारा तृतिय भएका छन । यस्तै माध्यामिक बिद्यालयको अंग्रेजीमा भने असलराज थापा प्रथम, सल्लाघारी माबिका पुजा बोहोरा दृतिय र कैलाशपुरी माबिका मदन टमटा तृतिय भएका छन ।

प्रकाशित मितिः     १४ भाद्र २०८२, शनिबार १९:२८  |