स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न


स्वास्थ्य शाखा अदानचुली गाउँपालिकाको आयोजनामा स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । शनिबार गाउँपालिकाको सभाहल गरिएको सो कार्यक्रम सम्पन्न भएको हो ।

पालिकामा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य इकाइहरुले आर्थिक वर्ष २०७१/०८२ मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ । कार्यक्रममा २ वटा स्वास्थ्य चौकी प्रमुख अन्य इकाइ पमुखहरुले वर्षभरी गरेका कामको समीक्षा गरेको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले बताउनु भएको छ ।

स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाको अध्यक्षता, अदानचुली गाउँ पालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यता तथा १ नम्बर वडा अध्यक्ष अक महतारा, ६ नम्बर वडा अध्यक्ष बिर्ष बहादुर बुढा, २ नम्बर वडा सदस्य हिर भण्डारी, ५ नम्बर वडा सदस्य सिंह बोहोरा लगाय कार्यपालिका सदस्य, अन्य वडा सदस्य, गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप भण्डारी, अन्य शाखाका शाखा प्रमुख लगायतले बोल्दै स्वास्थ्यका क्षेत्रमा थप सुधार गर्दै जानुपर्नेमा जोड दिनु भएको छ ।

सो कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ को लागि योजना तर्जुमा समेत गरिएको छ । कार्यक्रममा जिल्लाका ७ पालिकामध्ये सरकारले तोकेको सूचकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै स्वास्थ्य सेवा प्रवाह गरेको मध्येमा अदानचुली गाउँपालिका प्रथम भएको छ । सो सुचकहरु पर गरी प्रथम भएको भन्दै उपाध्यक्ष कर्ण रोकायाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाइ धन्यवाद दिनु भएको छ । हाल गाउँपालिकाले सबै करार स्वास्थयकर्मीको करार सम्झौता रद्ध गरेको प्रति सबैले बक्ताले दुख ब्यक्त गरेका छन । बर्षाको समयमा मौसमी फुलु लगायतका बिरामीको संस्ख्या बढ्दै गरेको समयमा स्वास्थ्यकर्मीको करार सम्झौता भंग गरेपछि यतिबेला २ वटा स्वास्थय चौकी बाहेक अन्य सबै स्वास्थ्य सस्थाहरु बन्द रहेका छन ।

आगामी दिनमा यी स्वास्थ्य सस्थाहरु संञ्चालनका लागि माग गर्ने स्वास्थ्य संयोजक बुढाले बताउनु भएको छ । गत बर्षहरुको तुलनामा अदानचुली स्वास्थ्य संस्थाले उलेख्य प्रगति गरेको समयमा कर्मचारी नभएपछि स्वास्थ्य संस्थाहरुबाट सेवा प्रबाह ठप्प हुँदा आफुलाइ समेत चालु आर्थिक बर्ष थुप्रै सुचकहरु पर गर्न कठिन हुने बताउनु भएको छ । यस्तै सो कार्यक्रम मार्फत लौठी स्वास्थ्य चौकीमा तिन बर्ष देखि अहेबमा कार्यरत नबिन भण्डारा घर पाएक नरहरी नाथ गाउँपालिकामा सरुवा भएकाले सम्मान पत्र खादा माला र मायाको चिनोले बिदाइ समेत गरिएको छ ।

प्रकाशित मितिः     १४ भाद्र २०८२, शनिबार २०:१६  |