बर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोज्न हुम्ला दलहरुको सामुहिक आग्रह ।


हुम्ला जिल्लामा गठित तिन दलिय संयत्रले भाद्र २३ र २४ गतेका दिन देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरमा भएको जेन(जी आन्दोलनको विषयलाई लिएर प्रेष विज्ञप्ती प्रकाशित गरेको छ ।

उक्त आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । नेपाली काँग्रेश हुम्लाका कार्यबाहक सभापतिी कैलाश भण्डारी, नेकपा एमालेका उपाध्यक्ष प्रकासबहादुर शाही र नेकपा माओबादी केन्द्रका संयोजक दिपन्द्र रोकाया द्धारा हस्ताक्षेरीत विज्ञप्तीमा अहिलेको विषम परिस्थितिमा शान्ति, संवाद र समाधानका लागि सबै देशबासी स्पष्ट हुन आग्रह पनि गरीएको छ ।

जेन(जी आन्दोलनको नाममा भएको अकल्पनिय आगजनी, तोडफोड, आक्रमण र लुटपाट खेदजनक भएको उल्लेख गर्दै यसको लागि उच्चस्तरीय न्यायिक छानविनको माग गरीएको छ । उक्त आन्दोलनका एजेण्डाहरुको सम्मान गर्दै बर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोज्नुपर्ने र यसको लागि सर्वपक्षिय बैठक आव्हान गर्न अनुरोध समेत गरीएको छ । यो परिवेशमा धमिलो पानीमा माछा मार्ने र घुसपैठ हुने प्रवृत्ति प्रति सचेत रहँदै केन्द्र देखी स्थानीय तह सम्म एकजुट र एकमत रहनु पर्ने,उनिहरुले उठाएका मागहरु संविधानसम्बत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानिय राष्ट्रपति ज्यू बाट भैरहेको पहलको समर्थन गर्दै शान्ति सुरक्षा कायम गर्न र त्यसमा सहजीकरण गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरिएको नेकपा एमाले हुम्लाका उपाध्यक्ष प्रकास बहादुर शाहीले बताउनु भयो ।

प्रतिकुल अवस्थामा पनि भविष्यप्रति आशाबादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रको पक्षमा सबै दलहरुलाई दृढता पूर्वक उभिन आग्रह गरीएको र हामी हुम्लाको विकास, शान्ति र सुशासनको पक्षमा निरन्तर क्रियाशिल भएको पृष्ठभूमिमा सबै पक्ष र पुस्तालाई संयस्ता, उच्च सुजबुझ, सजगता र शान्तिपूर्ण रुपमा निकासका पक्षमा रहन अपिल गरीएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

प्रकाशित मितिः     २६ भाद्र २०८२, बिहीबार १८:५४  |