राष्टिय प्रजातन्त्र पाटीको हुम्ला जिल्लाको अध्यक्षमा विकास महत दास्रो कार्यकालका लागि पुन सर्बसम्मत भएका छन् आज जिल्ला सदरमुकाम हुम्लामा सम्मन ११ औँ अधिवेशनबाट पुन महत सर्बसम्मत भएका हुँन् । पाटीका केन्द्रीय सदस्यहरु सहित जिल्लाका नेता तथा कार्यकताहरुको उपस्थीतीमा आज सम्मपन्न जिल्ला अधिवेशनले महतलाई दोस्रो कार्यकालको लागि सर्बसम्मत गरेको हो ।
यस्तै नवगठित कमिटिको खुला उपाध्यक्षमा बरुने ऐडी समावेशी उपाध्यक्ष फुन्जोक लामा र महिला उपाध्यक्षमा जयन्ती शाही चयन भएकी हुँन् । नवगठित कमिटिको सचिबमा भिम बहादुर शाही, सहसचिबमा जगदिश रावत र प्रवक्तामा कुसल बुढा सहित ४१ सदस्यी जिल्ला कमिटि सर्वसम्मत भएको नवगठित जिल्ला अध्यक्ष विकास महतले बताउनु भयो ।
