हुम्ला जिल्ला स्तरीय प्रथम स्ववियु कप खुला पुरुष भलिबल प्रतियोगितामा मदानदेव युबा क्लब बिजयी भएको छ ।
हिमज्योति बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनल खेलमा अदानचुली भर्सेस मदानदेव युवा क्लब बिचको प्रतिस्प्रधामा मदानदेव युवा क्लबले लगातार सोझो सेटमा उपाधी हात पारेको स्वीयु सभापति जयराज संज्यालले बताउनु भयो ।
जिल्लाकै सर्वाधिक राशीको उक्त भलिबल खेलको प्रथम हुँने समुह मदनदेब युवा क्लबले १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद र ट्रफी प्राप्त गरेको छ यस्तै उपविजेता अर्थात दोस्रो हुँदे अदानचुली समुहलाई ५५ हजार ५ सय ५५ रुपियाँ र तृतिय हुँने जुम्लाको पातारासी गाउँपालिकाले २२ हजार २ सय २२ रुपियाँ नगद प्राप्त गरेको हो ।
बडा दशै तथा तिहारको अवसरमा हिमज्योति स्ववियु कप भलिवल प्रतियोगिता २६ गतेबाट सञ्चालन गरी आज सम्पन्न भएको स्ववियु सभापति जयराज सन्ज्यालले बताउनु भयो ।
उक्त प्रतियोगितामा हुम्ला, मुगु र जुम्लाका १३ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने टिमलाई दश हजार रुपियाँ प्रवेश शुल्क आयोजकले तोकेको थियो । बिजेता खेलाडी टिमलाई नगद, सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको क्याम्पस प्रमुख नेत्रलाल हमालल बताउनु भयो ।
स्वीयु कप हुम्ला जिल्लामा पहिलोपटक सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको हिमज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भएको हो । –––कालीबहादुर थापा

https://shorturl.fm/AXa8w