अदानचुली १ का प्यारीलाल बचाउ अभियान मार्फत उठेको रकम सार्वजनीक गर्दै बाँकी रहेको रकम घरमा फिर्ता गरीएको छ । असोज २९ गतेका दिन प्यारीलाल दानीको आद्रामा अप्रेसन गर्न पैसा अभावका कारण रोकीएकोमा सामाजीक सञ्जाल मार्फत सञ्चालन गरीएको प्यारी बचाउ अभियान मार्फत उठेको रकम र भएको खर्च विवरण सार्वजनीक गर्दै बाँकी रहेको १६ हजार रुपैया आज निजकी आमा विनकली दानीको हातमा सबै घरपरिवार र गाउँघरका नागरीकहरुको उपस्थितीमा हस्तान्त्रण गरीएको यस रेडियोको स्टेशन म्यानेजर समेत रहेका अभियान्ता कालीबहादुर थापाले बताउनु भयो ।
दानीको अप्रेसन गरेको १२ घण्टामै निधन भएपछि कोहलपुरमा रहेको दशविघा अस्पतालमा भएको खर्च, फर्मेसीमा तिरेको विलहरु र रकम संकलनमा प्रयोग गरीएको भैबहादुर थापाको खाताको बैंक स्टेटमेन्ट सहित आज गाउँमा सार्बजनीक गर्दै हस्तान्त्रण गरीएको बताउनु भयो ।
उक्त अभियानमा ६७ जनाले करिब १ लाख ३८ हजार रुपैया रकम संकलन गरीएकोमा ५८ हजार ६ सय ७९ रकम अस्पतालमा बुझाएको, ४९ हजार ३ सय १९ रुपैया अषधीको सम फर्मेसीमा बुझाएको र बाँकी रहेको १६ हजार रुपैया आज घरपरिवारलाई हस्तान्त्रण गरीएको र सहयोग गर्नेहरुको नामावली, बैंक स्टेटमेन्ट र सम्बन्धीत विलहरु पनि संलग्न गरी बुझाएको बताउनु भएको छ ।
पारीवारीक अवस्था कमजोर भई पेटको अप्रेसन गर्न नसकीएको अवस्थामा यस अभियान मार्फत रकम संकलन गरी बचाउने प्रयास गरीएपनि अप्रेसन गरेको १२ घण्टामै ज्यान गएपछि उनको उपचारको क्रममा भएको खर्चबाट बचेको १६ हजार रुपैया निजको काजकृयामा खर्च गरुन् भन्ने हिसाबले फिर्ता गरीएको हो ।
उक्त अभिया सञ्चालन गर्न पुर्व नेपालगञ्जको भेरी अस्पताल लगायत अन्य विभिन्न ठाउँमा गरीएको खर्च भने निजका मामा सन्तोस थापाले व्यक्तिगत रुपमा गर्न भएको छ । उनले आफ्नो जेजती खर्च लागेपनि भान्जा बचाउनको लागि गरेको र यस कुनै हिसाब नलिने बताउनु भयो । –––कालीबहादुर थापा
