शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम आजबाट सुरु


हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका उद्देश्य सहित ‘गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह’ कार्यक्रम आजबाट सुरु भएको छ । आजबाट शुरु भएको यस कार्यक्रम एक साता सम्म ताँजाकोट गाउँपालिका वडा नं. ३ स्थित श्री धर्मोदय माध्यमिक विद्यालय छपैलामा सञ्चालन भएको ताँजाकोट गाउँपालिका अध्याक्ष लालकेश जैसीले बताउनु भयो ।

बिद्यालय स्थरीय र्याली , बादबिबाद र नृत्य प्रतियोगिताको सहित सुरु भएको शैक्षिक सप्ताह कार्यक्रममा गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख जयरुद्र ढकालले बताउनु भयो । विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना र व्यावहारिक सीप अभिवृद्धि गर्ने लक्ष्य लिइएको कार्यक्रममा विभिन्न तहका विद्यार्थीबीच कुल ५३ वटा प्रतिस्पर्धात्मक गराई अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिएको बताउनु भयो ।

एक सप्ता सम्म संचालन हुने प्रतियोगितामा हाजिरी जवाफ, चित्रकला, गणितीय दौड, अनुलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखन, कबिता प्रतियोगिता, वक्तृत्वकला, नृत्य, गायन, विज्ञान प्रदर्शनी, कम्प्युटर सीप परीक्षण लगायतका गतिविधिहरू समावेश गरिएको छ । तिनै तहका विद्यालयका विद्यार्थीहरूलाई समावेशी सहभागिता सुनिश्चित गर्न प्रत्येक प्रतिस्पर्धात्मक विधामा कम्तीमा एक जना छात्रा सहभागिता अनिवार्य गरिएको छ । साथै, कार्यक्रमको अर्को उद्देश्य विद्यालयमा जलवायु परिवर्तनका प्रभावहरू घटाउन वातावरणमैत्री अभ्यासहरूको अवलोकन र प्रोत्साहन गर्नु पनि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो ।

कार्यक्रमले विद्यार्थीहरूलाई ज्ञानमूलक प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुतिहरू र वैज्ञानिक सोचतर्फ उन्मुख गराउँदै ताँजाकोट गाउँपालिकाको शैक्षिक वातावरणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएकोले ताँजाकोट गाउँपालिका स्तरीय शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम आजबाट सञ्चालन भएको र यो कार्यक्रमले विद्यालयबीच सकारात्मक प्रतिस्पर्धा उत्पन्न भई शैक्षिक सुधारमा टेवा पुग्न सक्ने गाउँपालिका अध्यक्ष जैसीले बताउनु भयो ।
यस शैक्षिक सप्ताह कार्यक्रम विद्यार्थी स्तरीय मुल्याङकन सहित विद्यालयको समेत मुल्याङकन गरी विद्यालयलाई पुरस्कृत गर्ने भएकाले विद्यालयमा कार्यरत शिक्षकको समेत प्रतिस्प्रधा देखीने भएकाले शिक्षकहरुमा थप कटिबद्धता देखीएको बताउनु भयो ।

यस प्रतियोगिताबाट समग्रः कार्यक्रमहरुको विजयी विद्यार्थीहरु र कार्यक्रमहरु प्रतिशतको आधारमा प्रथम हुँने विद्यालयलाई रु १ लाख, द्धितिय हुँनेलाई ७५ हजार, तृतिय हुँनेलाई ५० हजार र सान्त्वना हुँने विद्यालयलाई २५ हजार नगद पुरस्कार प्रदान गरीने छ ।

प्रकाशित मितिः     १५ कार्तिक २०८२, शुक्रबार १८:५८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *