भोली रेडियो श्रीनगर एफ एमले आफ्नो दशोँ वार्षिक उत्सवको अवसरमा निम्न माध्यामिक तह स्तरीय खुला नृत्य प्रतियोगिता र प्रावि स्तरीय खुला एकल गायन प्रतियोगिता सञ्चालन गरेर मनाउने भएकोे छ ।
२०७३ साल मंसिर १ गतेका दिनबाट आफ्नो परिक्षण प्रशारण प्रारम्भ गरेको यस रेडियो श्रीनगर एफ एम भोली मंसिर १ गतेबाट नौ वर्ष पुरा गरी १० औ वर्षमा प्रबेश गर्ने भएकाले सोही अवसरमा निम्नध्यामिक विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता सहित प्रा वि स्तरीय एकल छात्रा गाएन प्रतियोगिता गरी मनाउने भएको रेडियो श्रीनगर एफ एमका स्टेसन म्यानेजर कालीबहादुर थापाले बताउनु भएको छ ।
उक्त प्रतियोगिता सञ्चालनको लागि सम्पुर्ण तयारी पुरा भएको बताउनु भएको छ । उहाँका अनुसार भोली हुँने वार्षिक उत्सब कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित प्रमुख प्रशासकिय अधिकृत, ६ वटै वडाका वडा अध्यक्षहरु, सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु, अदानचुली गाउँपलिका स्थती सम्पुर्ण प्रधानाध्यापकहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थीती रहेने भएको छ । भने गाउँपालिका स्थीत केही बिद्यालयहरु बाहेक अधिकांस विद्यालयहरुले सहभागिता जनाउने भएको छ ।
आधारभुत तहका ८ वटै विद्यालयहरुले दुबै प्रतिस्प्रधामा सहभागिता जनाउने भएका छन् भने प्रावी तहका पनि अधिकांस विद्यालयहरुले एकल देउडा प्रतियोगितामा सहभागिताको सुनिस्चतता जनाई सकेको पनि बताउनु भएको छ ।
भौगोकि कारणले गाउँपालिकाका बाहिरका विद्यालयहरुले भने अहिले सम्म सहभागिताको लागि सनिस्चतता नजनाई सकेकाले भोली कति प्रतिस्प्रर्धी हुँन्छन् भन्ने भन्न नसकिने बताउनु भएको छ । कार्यक्रम सुर्योदय माध्यामिक विद्यालयको प्राङ्गण्मा हुँने भएको छ ।
