हुम्लामा तिन सय भन्दा कम मतदाता भएका १५ मतदान केन्द्र ।


फागुन १३ हुम्ला ः  फागुन २१ गते हुँन गैरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कायम गरिएका ६४ मतदान केन्द्र मध्ये हुम्लामा तिन सय भन्दा कम मतदाता भएका १५ मतदान केन्द्र रहेका छन् ।

३४ हजार ३ सय ७२ मतदाता भएको उक्त जिल्लाका ६४ मतदान केन्द्र मध्ये सबै भन्दा कम जिल्लाको तल्लो क्षेत्र ताँजाकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको बानादेब आधारभुत विद्यालयमा जम्मा ५४ मतदाता रहेका छन् । जो गाउँपालिकाको केन्द्रबाट पैदल एक दिन लाग्छ जहाँ सडक सञ्जालले छोएको छैन ।

सर्केगाड गाउँपालिकामा ३ सय भन्दा कम मतदाता रहेका मतदान केन्द्र ३ वटा रहेका छन् । वडा नम्बर १ को देबल आधारभुत विद्यालय तुम्चमा २ सय ४०, धुमचुली आधारभुत विद्यालय कल्लासमा २ सय १६ र निलकण्ठ प्राबी फुचामा २ सय ८८ जना मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले बताउनु भयो ।

यता चंखेली गाउँपालिकामा पनि ३ वटै मतदान केन्द्र रहेका छन् । जस मध्ये सबैभन्दा टाढा डाँफे आधारभुत विद्यालय नेप्कामा २ सय ४२ मतदाता रहेका छन् । उक्त गाउँमा जानपनि गाउँपालिकाको केन्द्रबाट पैदल यात्रा गर्दा पुरा एक दिन लाग्छ जहाँ सडक पुगेको छैन । अन्य रारा आधारभुत विद्यालय मेखालामा १ सय ४३ जना र रामशाह आधारभुत विद्यालय पिपलाङमा २ सय १२ जना मतदाता रहेका छन् ।

अन्य ८ वटा मतदान केन्द्र भने जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा रहेका छन् । सबै भन्दा टाढा रहेको हिमशिखर प्राबी तिल गाउँमा १ सय ३२ जना, भृकुटी प्रावी जाँङ गाउँमा २ सय ४७ जना र सुनखानी प्राबी हल्जीमा २ सय ९३ जना मतदाता रहेका छन् तर यि तिनै गाउँमा यतिबेला १५।२० जना बाहेक अन्य सबै जिल्ला सदरमुकाम वा अन्य शहरी क्षेत्रमै रहेका छन् ।

यता अरनिको प्राबि यारीमा १ सय ९५ जना, खासरपानी प्राबी मुचुमा २ सय ३४ जना, हिमालय प्रावि चालामा १ सय ५९, महावौद्ध मावि याल्वाङ्मा २ सय ८० र नमोडोछोमु प्रावि ताङ्घीनमा१ सय ५९ मतदाता रहेका छन् । यि सबै मतदान केन्द्रमा यतिबेला हिउ जमेको छ भने केही मतदान केन्द्रमा जान यारी र न्यालुको लेखमा भएको हिउको कारण जान नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनु भयो उहाँका अनुसार स्काभेटर मार्फत हिउ पन्छ्याउने काम सुरु भएपनि असम्भव जस्त देखीएको बताउनु भएको बताउनु भयो ।

ता जिल्लाको सबै भन्दा धेरै मतदाता भएको मतदान केन्द्र भने खार्पुनाथ गाउँपालिकामा रहेको मालिका माध्यामीक विद्यालय लालिमा १ हजार ६३ मतदाता रहेका छन् । त्यसपछि मष्टादेब आधारभुत विद्यालय अदानचुलीमा ९ सय ७७ र कोट मावि रोडीकोटमा ९ सय ३६ जना रहेको निर्वाचन अधिकारी रोकायाले बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १३ फाल्गुन २०८२, बुधबार १०:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *