बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।


ताँजाकोट गाउँपालिका वडा नम्बर १ को बौल्यानामा खानेपानी समस्या भएको छ । परम्परागत रुपमा निस्कीदै गरेको पानीमा ठुलो पानी आउने आसमा डोजर लगाएपछि उक्त मुल सुकेर गएपछि खानेपानी ठप्प भएको ताँजाकोट १ काँडागाउँका स्थानीइ मिलन खड्काले बताउनु भयो ।

उहाँका अनुसार उक्त बस्तीका नागरीकहरुलाई यतिबेला खानेपानीकै लागि तलको पुम खोला र उता काँडागाउँबाट उकोलो चढेर पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । उनले भने भैसेवाज भन्ने गाउँमा विद्यालय छ उक्त विद्यालयमा पढ्ने विद्यार्थीहरु हरेक दिन विहान खाली ग्यालेन लिएर जान्छन् र साँझ स्कुल विदा हुँदा वित्तीकै उक्त ज्ञालेनमा पानी भरेर लिने गरीएको बताउँछन् ।

सोही विद्यालयमा अध्ययनरत विद्यार्थी लोकन्द्र खड्काले भने हामीलाई पढ्नु भन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुँने गरेको बताए । दिउसो कक्षामा पनि साँझ पानीको ग्यालेन कसरी लिने होला र घरपरीवारलाई खानापानी खुवाउने होला भन्ने चिन्ता भइरहने बताउनु भयो।

उक्त बस्ती अग्लो डाँडामा छ बस्ती परम्परागत रुपमा बस्दै आएको स्थायी घर नै हुँन् तर अहिले उक्त वस्तीले खादै आएको पानीको मुहान सुके पछि समस्या भएको छ । त्यहाँ ल्याउने अन्य मुहाननै नभएकाले समस्या भएको उक्त वडाका वडा अध्यक्ष मोहनलाल रिठालले बताउनु भयो ।

उनले भने यो वर्ष ३ लाख रकम विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यबस्थापन गरेको भएपनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे ट्याङ्कीको योजना बनाई ८० वटा ठुला १ हजार लिटरका ड्रमहरु वितरण गरी आकासको पानी संकलन गर्ने योजना बनाएको बताए । या सँगै यसले मात्र नहुँने भएकाले तिनै तहका सरकारसँग दृघकालीन समस्या समाधान गर्न माग गरीरहेको बताउनु भयो ।

यस्तै उक्त गाउँका स्थानीय मिलन खड्काका अनुसार आफु केही समय अघि भिडियो लिएर संघीय खानेपानी मन्त्रालयमा पुगी खानेपानीको व्यवस्था गरीदिन आग्रह गरेको बताउनु भयो उने भने आफुले उक्त वस्तीमा भएको खानेपानीको समस्याको भिडियो देखाउँदै मन्त्रीलाई भेटेर भने मैले यसैको लागि ५० हजार खर्च गरेर आएको छु कि मलाई खानेपानीको व्यवस्था गरी दिनु हैन भने म घर जान्न भन्दा खानेपानी मन्त्रीले कुनैपनि हालतमा म व्यबस्था गर्छु भन्ने आस्पासन दिएको भएपनि अहिले सम्म आफुले जानकारी नपाएको बताउनु भयो ।
तर यसको अनेत्र मुहान नभएकाले तल कवाडीखोला वा पुमबाट सोलार प्लान्ट जडान गरी पानी ल्याए मात्र सम्भव देखीन्छ हैन भने उक्त वस्ती अनेत्र सार्नैपर्ने देखिन्छ ।

 

प्रकाशित मितिः     २३ जेष्ठ २०८३, शनिबार १८:५५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *