अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा


अदानचुली गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमका बिच गाउँपलिकालार्ई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ गाउँपालिका घोषणा गरिएको स्वास्थ्य संयोजक विनोद बुढाले बताउनु भयो ।

अदानचुली गाउँपालिकाद्वारा आयोजित एक समारोहमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाका ६ वटै वडा स्तरीय खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बुढाले बताउनु भयो ।

उनले भने,“१५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाए पछि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।”

१३ वटा रोगहरु विरुद्धको खोप गाउँपालिकाका सबै वडाका बालबालिकाहरुले लगाएपछि गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बुढाले बताउनु भयो । बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिईने सबै खाले खोप लगाएको पाईएकोले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

घोषणा सभालाई सम्बोधन गर्दै सामाजीक विकास समितिका संयोजक समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष कमल बहादुर छत्यालले पहिले खोप नपाउने समयमा गलगाँड देखी विभिन्न किसिमका रोगहरु देखीने भएपनि पछिल्लो समय नियमित खोपकै कारण यस्तो रोगहरु हटेको बताउदै भन्नु भयो…….

यसै गरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले सन २०३० सम्म दिगो विकास लक्ष र २०८१।०८२ देखी २०८६ सम्म नेपाल सरकारको सोह्रौ पञ्चवर्षिय आविधिक योजनाका लक्षहरु पुरा गर्नको लागि खटिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल बनाएकोमा धन्यबाद दिदै भन्नु भयो…..

गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बालबिबाह रोक्नको लागि गाउँपालिकाले बिशेष निति लिनु पर्ने बताउनु भएको छ । आउदो गाउँ सभा मार्फत बालबिाह गर्नेलाई कारबाही तथा उमेर पुगी विवाह गर्नेलाई पुरस्कीत गर्ने निति ल्याउन सबैलाई ध्यानआकर्षण गराउनु भयो………….

उक्त समारोहमा बोल्दैं जिल्ला समन्वय समिति उपप्रमुख दलु फडेराले स्वास्थ्य क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकोले सबै अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । यसमा सबै भन्दा महत्वपुर्ण भुमिका खेल्ने महिला स्वयम्सेवीकालाई गाउँपालिकाले कम्तिमा रिचार्जको व्यबस्था गरीदिन आग्रह गर्दै भन्नु भयो ……

कार्यक्रमको अध्यक्षता गर्नु भएका गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले पहिलेको भन्दा वर्तमान समय परिवर्तनशील भएकोले सबै नागरिकहरुले आफ्ना बालबाललिकाहरुलाई खोप लगाउनबाट छुटाउन नहुनेमा कुरामा उहाँले जोड दिनु भएको छ उहाँले यसमा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिदै आउँदो निति तथा कार्यक्रम मार्फत महिला स्वयम् सेवीका र रिक्त भएका स्वास्थ्य ईकाईलाई पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो….

गाउँपालिकालार्ई पूर्ण खोप तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउर्नेे स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सञ्चार संस्था सहित स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको स्वास्थ्य संयोजक बुढाले बताउनु भएकोछ ।

प्रकाशित मितिः     ८ असार २०८३, सोमबार १९:५४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *