ताँजकोट गाउँपालिकाको उद्यम विकास शाँखाले वडा नम्बर ५ का १० जनालाई सिलाई कटाई तालिम प्रदान गररेको छ ।
गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम अन्त्रगत वडा नम्बर ५ का १० जनालाई ५० दिनको आधारभुत सिलाई कटाई तालिम प्रदान गरीएको शाँखा प्रमुख देबीलाल टमटाले बताउनु भयो । यहि बैशाख ५ गतेबाट सुरु भएको उक्त तालिम आज सम्पन्न भएको र तालिम लिएका दशै जनालाई अम्रेला डबल सिलाइ मेसिन हस्तान्त्रण गरीएको बताउनु भएको छ ।
यस अघि प्राय दलित समुदायका नागरिकहरुले मात्रै सिलाई कटाई तालिम देखी व्यवषाय गर्दै आएकोमा अहिले सबैले यस किसिमको तालिम सहित व्यषाय गर्दै आएकोले उनिहरुलाई व्यवषायमुलक तालिम प्रदान गरिएको बताउनु भयो । करिब साढे १ लाख बराबरको सामाग्री खरिद गरी दशै जनालाई हस्तान्त्रण गरीएको बताउनु भयो ।
५० दिनको तालिम सहित तत्काल व्यवषाय गर्नको लागि सिलाई कटाई मेसिन प्रदान गरेकोमा खुसी व्यक्त गर्दै तालिममा सहभागि वडा नम्बर ५ चिहिकी मन्देबी बुढाले यसैलाई जिवन निर्वाह गर्ने गरी निरन्तर व्यवषाय गर्ने बताउनु भयो । उहाँले गाउँपालिकाले यस किसिमको व्यवषयमुलक तालिम प्रदन गरेकोमा खुसी समकेत व्यक्त गर्नु भएको छ ।
उक्त तालिममा जानकला रोकाया, सैलाजा बुढा र कमला बुढा सहित १० जनाले तालिम पाएको र उक्त तालिम आजै समापन गरीएको बताउनु भएको छ समापन कार्यक्रममा ताजाकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर रावत, वडा नं ५ का वडा अध्यक्ष मंगल नेपाली लगायत गाउँपालिका सिङ्गो टिम उपस्थित भई सिलाइ मेसिन हस्तान्तरण गरीएको बताउनु भयो ।
