कर्णाली सरकारले पायो पूर्णता, हुम्लाकी जुम्कित लामा सहित ३ जना मन्त्रीमा नियुक्त


कर्णालीमा मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका नेतासमेत रहेका शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोकास उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका छन् । यी तीनै जना मुख्यमन्त्रीको दल नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बनेका हुन्।

नेकपा एमालेको समर्थनमा साउन १२ गते शाही मुख्यमन्त्री नियुक्त भएका हुन्। ७ सदस्यीय कर्णालीको मन्त्रिपरिषदमा भदौ ३ गते उनले एमालेबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका छन् ७ सदस्यीय मन्त्रिपरिषदमा २ जना यसअघि मन्त्री भइसकेका थिए भने बाँकी पहिलो पटक मन्त्री बनेका छन्। टेकराज पछाईसँग यसअघि सामाजिक विकास मन्त्रालय र जीतबहादुर मल्लसँग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ ।

मुख्यमन्त्री शाही स्वयं पनि यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भइसकेका व्यक्ति हुन्। मन्त्री नियुक्त भएकामध्ये लामा, खड्का, रोका र हमाल समानुपातिक कोटाबाट सांसद बनेका हुन् भने बाँकी प्रत्यक्ष निर्वाचित सांसद हुन् । आजै नियुक्ती भएकी कृषिमन्त्री जुम्कीत लामाले संबिधान र कानुनको अधिनमा रहित उत्कृष्ट मन्त्रालय बनाउनेतिर केन्द्र हुँने बताउँदै भन्नु भयो…..

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुअघि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन हिँडेका मंगलबहादुर शाहीले एमालेसँगको सहकार्यलाई कसरी अगाडि लैजालान् भन्ने विषय चासोको साथ हेरिएको छ। शाहीकै जोडबलमा यसअघि एमाले संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । सोही अनुसार कँडेल राजीनामा दिन बाध्य भएका थिए । आफ्नो अपमानजनक सत्ता बहिर्गमनले कँडेल नेकपासँग खासै सन्तुष्ट छैनन् । यसका बाबजुद दुई कम्युनिस्ट पार्टीको सहकार्य कसरी अघि बढ्ला आम चासोको विषय बनेको छ । शाहीमाथि सत्ता साझेदार दललाई मिलाएर लैजानु प्रमुख राजनीतिक चुनौती छ भने अर्कातर्फ आफ्नो दल र प्रमुख प्रतिपक्ष दललाई पनि मनाएर लैजानुपर्ने छ । आफ्नो दल नेकपाभित्र मन्त्री छनोटमा देखिएको विवादले शाहीलाई अप्ठ्यारो पार्ने देखिएको छ। यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा विन्दमान विष्टको नाम फाइनल भएको थियो, तर बिहीबार कल्याणी खड्कालाई मन्त्रिपरिषदमा समेट्दा विष्ट बाहिरिएका छन् । खड्का साबिक एकीकृत समाजवादी धारकी सांसद हुन्।

प्रकाशित मितिः     ११ भाद्र २०८३, बिहीबार १९:००  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *