संसद्‍मा आज रवि लामिछानेले सम्बोधन गर्ने ।


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ ।

बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्ने बुर्लाकोटीले बताए ।

प्रकाशित मितिः     २४ भाद्र २०८३, बुधबार १०:५५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *