एमाले मुगुकाे अध्यक्षमा मल्ल निर्बिराेध


विगत लामो समयदेखि एमालेमै रहेर जिल्लास्तरमा सक्रिय राजनीति गर्दै आएका मल्ल अहिले फेरि एमाले मुगु जिल्लाकाे अध्यक्ष पदमा निर्विराेध भएका हुन् ।                 पुस २३ गते तोकिएको एमालेको जिल्ला अधिवेशन हिमपात र वर्षात्‌ले गर्दा पुस २७ गते सारिएको थियो ।नेकपा (एमाल अधिबेशनबाट उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।                                         नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लसहित समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुका जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेश सह-इन्चार्ज मोहन बानियाँले बताए ।                                                  जाडो मौसममा अधिवेशन लम्बिँदै जान थालेपछि सहमति वा निर्वाचन गराएर यथाशक्य छिटो नेतृत्व चयन गराउन सोमबार कर्णाली प्रदेश कमिटी सदस्य राजु कार्की काठमाडौंदेखि जिल्ला पुगेका थिए ।गत पुस २७ गते उद्घाटन भई बन्दसत्र सुरु भएको एमाले अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति खोज्दै एक सातापछि बल्ल नयाँ पदाधिकारीको पूर्णता पाएको बानियाँको भनाइ छ ।

प्रकाशित मितिः     ४ माघ २०७८, मंगलवार १८:१३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *