श्रीनगरमा फेरी चुलियो खानेपानीको संकट


हुम्ला । यहाँको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो ।

श्रीनगरका स्थायी बासिन्दा ७४ बर्षिया बिर्ष महताराले जिल्लाकै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्रमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभयो । उहाँले सार्वजनिक धारामा आधामा १ घण्टा मात्र पानी आउने भएका कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाइनमा राख्नुपरिरहेको बताउनुभयो । यहाँ हरेक बर्षको चैतबाट खानेपानिको समस्या हुने गरेको भन्दै साउन महिनादेखी सबै तिर मुहान फुट्दा मात्र पानि सहज हुने गरेको बताउनु भएको छ ।

खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको काम लाइनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागे पनि लाइनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो । पानी भर्नकै लागि उपभोक्ताहरुले राती एक दुई बजे उठेर ग्यालेन लाइनमा राख्नुपर्ने बाध्यता छ । यतिबेला पानिको स्रोत कम भएकै कारण स्थानियले खानेपानिका लागि दुःख भोग्नु पर्ने बाध्यता छ । सो समस्याका कराण आजबाट वडा नम्बर २ मा बिहान ६ बजेदेखी १० बजे दिनमा ४ घण्टा मात्र धारामा पानि उठाउन थालिएको छ ।

मानिसका लागि मात्र नभएर श्रीनगरका पशुवस्तुलाई समेत सोही धाराबाट पानी खुवाउने गर्छन् । खानेपानि चौकीदार समेत रहनु भएका अर्का स्थानीय हेलु भण्डारीले पानीको समस्याको कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । दश जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहेका छन् । उहाँले बर्खा लागे पनि मुहानमा पानीको समस्या भएको कारण यस वर्ष बढी नै खानेपानीको समस्या भोग्नुपरिरहेको बताउनुभयो ।

आफुले पानिको लागि मुहानम भएको सबै स्रोतबाट पानि ल्याउने प्रयास गरेको भएपनि धारा सम्म पुगाउन नसकिएको बताउनु भएको छ । सो तिन वडामा बर्षेनी खानेपानिको अभाब हुने भएकाले ३० हजारका दुई, दुई रिर्जहानमै पानि सुक्दै जादा खानेपानिको समस्या चुलिदै गएको छ ।

धारामा पानि नआएपछि बजारबासीले कर्णाली करिडोरको गल्फागाड खोला, वडा नं ४ को अधेरीखोलाबाट समेत ग्यालेनमा पानी भरेर ओसार्ने गरिएको छ । पन्ध्र सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी चौकी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धारा छन् । त्यसैबाट सबैपानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा छ । यतिबेला खोलाको पानि समेत निकै धमिलो भएका कारण सोही पानि खादा गाउँमा संक्रमण रोगहरु पmैलिने होकी भन्ने चिन्तामा छन ।

अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने नीति लिएको पनि भाmण्डै २ बर्ष बितिसकेको भएपनि पूर्णता पाएको छैन । हाल श्रीनगरका लागि ल्याइएको खानेपानी पनि वडा नं ५ को स्रोत हो । जसले गर्दा दुई वडाका बीच बेला बेला विवाद पनि हुने गरेको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०८२, सोमबार १६:४९  |