सनसाईन प्रि स्कुलको दोस्रो वार्षिक उत्सब सम्पन्न


फल्गुण २३ सुर्खेत । सनसाईन प्रि स्कुलको दोस्रो वार्षिक उत्सब सम्पन्न भएको छ । करिब ७० जना सम्म बिद्यार्थी भएको उक्त बिद्यालयले आज आफ्नो दोस्रो बार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ ।

२०७४ साल फाल्गुन २३ गतेबाट पि जि कक्षाबाट सुरु गरेको स्कुलले २०७६ साल फाल्गुन २३ गते शुक्रबार सम्म यु केजी सम्म कक्षा सञ्चालन गर्दै यस आर्थिक वर्षबाट एक कक्षा सञ्चालन गर्ने तयारी पुरा भएको जानकारी दिर्दै उक्त स्कुलका सञ्चालक छबिराज थापाले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर स्थीत भावर भन्ने ठाउँमा स्थापना भएको उक्त बिद्यालयको दोस्रो बार्षिक उत्सब कार्यक्रममा बिरेन्द्रनगर नगरपालीका वडा नं १२ का वडा अध्यक्ष लोक प्रशाद चालीसेले उद्धघाटन गर्नु भयो उद्धघाटनका क्रममा वडा अध्यक्ष चालीसेले यस्ता खालका शैक्षिक संस्थालाई संरक्षण गर्ने नगरपालीकाले प्रमुख लक्ष राखेको बताए

विश्वमा कोराना भाईरसका कारण उच्च सतर्कता अपनाउनु पर्ने भएकाले बिरेन्द्र नगरलीकाले सभा समारोह नगर्ने र गरे पनि २ घण्टामा सक्न निर्देशन दिएकाले कार्यक्रम भने निधारित समयमै सम्पन्न भएको स्कुलका प्रिन्सीपल प्रमिला नेपालीले बताईन् ।

कार्यक्रममा प्याप्सन, मण्टेश्वरी एशोसियसनका प्रतिनिधि,राजनितिक दलका प्रतिनिधिहरु लगाएत बिद्यार्थीका सम्पुर्ण अबिभावकहरुको सहभागिता रहेको सञ्चालक थापाले जानकारी दिए ।

प्रकाशित मितिः     २३ फाल्गुन २०७६, शुक्रबार १८:३५  |